कोरोनाको कारण व्यवसायीको निर्वाचन स्थगित, चुनावको नयाँ मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2020 | 04:10:08 PM मा प्रकाशित

laxmi  sunrise bank

निजि क्षेत्रका व्यवसायीहरुको सबै भन्दा ठुलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ  एफएनसीसीआई को निर्वाचन स्थगित भएको छ। बिहिबार बसेको कार्यसमितिको बैठकले यहि चैत २८ र २९ गते तय गरिएको साधारणसभा र निर्वाचन स्थगित गर्ने निर्णय गरेको जनाइएको छ। 

विश्वभर फैलिरहेको कोरोना भाइरसलाई लिएर नेपाल सरकारले गरेको निर्णयलाई साथ दिने उदेश्यले महासंघले चैत २८ र २९ गते तय गरिएको साधारणसभा र निर्वाचन स्थगित गरि आगामी जेठको ७ र ८ गते गर्ने निर्णय भएको महासंघका कार्यसमिति सदस्य तथा महासंघका मेला सभापति दिल सुन्दर श्रेष्ठले बिजपाटी डटकमलाई बताए। 

कोरोना भाइरसका कारण विश्वका अन्य देशसँगै नेपालपनि त्रासको अवस्थामा रहेकाले अहिलेलाई राहतका कार्यक्रममा केन्द्रीत हुनुपर्ने भएकाले महासंघको साधारणसभा सार्ने निर्णय भएको श्रेष्ठको भनाई छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved