पूर्व अर्थमन्त्रीहरुको संघ गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2020 | 07:02:13 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वअर्थमन्त्री विचार मंच गठन हुने भएको छ । शुक्रबार पूर्वअर्थमन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी, डा. रामशरण महत, सुरेन्द्र पाण्डे, वर्षमान पुन र  ज्ञानेन्द्र बहादुर कार्कीको भेलाले यस्तो निर्णय गरेको हो ।

बैठकले मंचका माध्यमबाट अर्थतन्त्र तथा विकासका समग्र पक्षसंग जोडिएका विषयमा सरोकारवालाहरुसंग नियमित छलफल चलाई त्यसको समाधानका लागि पहल गर्ने निर्णय गरेको छ । कोभिड १९ बाट उत्पन्न हुन सक्ने आर्थिक पक्षका जोखिमहरुलाई न्यून गर्न सरकारले आवश्यक कदम चाल्न सरकारलाई अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको प्रयासमा संघ गठन भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved