अवैतनिक वाणिज्यदूतलाई नीलो नम्बर प्लेट र झण्डाको सुविधा खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2020 | 12:46:29 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले अवैतनिक महावाणिज्य दूतहरुले पाउँदै आएको नीलो नम्बर प्लेट र नेपाली झण्डाको सुविधा खारेज गरिदिएको छ।  गैरकानुनी काममा समेत कुटनीतिक नम्बर प्लेटको प्रयोग गरेको पाइएकाले अर्को सुचना जारि नभएसम्मका लागि यो सुविधा खारेज गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले आज मन्त्रीस्तरीय निर्णय गर्दै अर्को सूचना जारि नभएसम्मका लागि  विभिन्न देशका लागि नियुक्त अवैतनिक महावाणिज्य दूतहरुले पाउँदै आएको नीलो नम्बर प्लेट र नेपाली झण्डाको सुविधा खारेज गरिदिएको हो। 

जगदम्बा ब्रान्डको उत्पादक शंकर ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक सुलभ अग्रवाल रंगेहात पक्राउ पर्दा उनले कुटनितिक नम्बर प्लेट भएको गाडी प्रयोग गरेका थिए। ग्राहकको भेषमा रहेका नेपाल प्रहरीले उनको साथबाट किर्गिस्थानको अनररी कन्सुलरका हैसियतमा परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको परिचयपत्र समेत बरामद गरेको थियो।

अग्रवालले ग्राहकको भेषमा रहेका प्रहरीलाई ज्वरो नाप्ने थर्मगन पुर्याउन जाँदा कुटनीतिक नम्बर प्लेट भएको गाडी प्रयोग गरेका थिए। यहि कारण सरकारले  उनीहरुलाई  नीलो नम्बर प्लेट र नेपाली झण्डाको सुविधा खारेज गरिदिएको हो। 

प्रहरी आफै ग्राहकको भेषमा जाँदा यसरी पक्राउ परे जगदम्बा ग्रुपका सुलभ अग्रवाल

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved