थुनामा रहेका अग्रवाललाई छुटाउन मैले दवाव दिएको छैन: उद्योग राज्यमन्त्री दुगड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2020 | 04:32:40 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग, वाणिज्य तथा आपूर्ती राज्यमन्त्री मोति दुगडले थुनामा रहेका व्यवसायी सुलभ अग्रवाललाई बचाउन आफुले कुनै भूमिका नखेलेको बताएका छन्। उद्योगी समेत रहेका मन्त्री दुगडमाथि ज्वरो नाप्ने थर्मोमिटरमा कालोबजारी गर्दा रंगेहात पक्राउ परेका अग्रवाललाई बचाउन लागि परेको आरोप लागेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर व्यवसायी अग्रवाललाई छुटाउन पहल गरेको आरोपप्रति मन्त्री दुगडले आपत्ति जनाएका छन्। 

मन्त्री दुगडले केही सञ्चारमाध्यममा आएजस्तो निज अग्रवाललाई कानूनी कारवाहीबाट जोगाउन आफूले कुनै भूमिका निर्वाह नगरेको बिजपाटीलाई बताएका छन्। संकटका समयमा कुनै प्रकारको गैरकानूनी काम कारवाही गरेमा त्यसलाई कानूनबमोजिम कडाभन्दा कडा कारबाही हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको  उनले बताए। 

उनले भने, “सुलभ अग्रवालको सन्दर्भमा पनि पक्राउपश्चात् के भएको हो, त्यसबारे सत्यतथ्य बुझ्ने प्रयास गरेको हुँ, जुन मेरो पदीय जिम्मेवारी पनि हो तर निजलाई छुटाउने उद्देश्यले मैले कसैलाई भेटघाट, भनसुन र दबाब दिएको छैन"।

महंगोमा ज्वरो नाप्ने थर्मो गन बेच्दै गर्दा रंगेहात पक्राउ परेका जगदम्बा ब्रान्डको उत्पादक शंकर ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक सुलभ अग्रवाल थुनामा रहेका छन्। उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्नको लागि काठमाडौं जिल्ला प्रशासन कार्यलयले अनुमति दिएको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved