मुद्रण उद्योगीले मागे १ प्रतिशत ब्याजमा ऋण, २ बर्षसम्म बिजुली महशुलमा सहुलियत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2020 | 09:54:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मुद्रण उद्योग महासंघले कोरोना भाइरसको माहामारीको कारण निम्तिएको लकडाउनको कारण सिजन मै छापाखाना बन्द गर्दा ठुलो क्षति बेहोरेको भन्दै सरकारको सँग सहयोगको माग गरेको छ । महासंघले अर्थ मन्त्री डा. युवराज खतिवडालाई क्षति न्यूनीकरण गर्न विभिन्न सुझावहरु पेश गरेको हो ।

महासंघले यस उद्योगलाई तत्कालिन र दिर्घकालिन असरबाट बचाउन र उद्योग निरन्तर चल्ने वातावरण बनाउन १० बुँदे माग पेश गरेको हो । महासंघक अध्यक्ष पुस्कल गौतमले ब्याज मिनाहा गर्नु पर्ने, ऋण तिर्ने म्याद १ वर्ष थपिनु पर्ने, लकडाउन अवधिको विद्युत, पानी , टेलिफोन, इन्टरनेटको शुल्क मिनाहा हुनु पर्ने, त्यसपछि पनि विद्युत महशुल शुल्कमा २ वर्षसम्म २० प्रतिशत छुट दिनुपर्ने लगायतका सुझाव पेश गरेका छन् ।

साथै महासंघले १ प्रतिशत ब्याज मै ऋण दिन आग्रह गरेको छ भने १ वर्षको सामाजिक सुरक्षा कर मिनाहा गर्न आग्रह गरेको छ ।

हेर्नुस महासंघका अन्य सुझाव :


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved