लकडाउनका कारण दैनिक ३० करोड घाटा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2020 | 05:24:14 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि हेटौँडास्थित औद्योगिक क्षेत्रमा रहेका उद्योगमा दैनिक ३० करोड रुपैयाँ घाटा भइरहेको छ । 

हेटौँडा औद्योगिक क्षेत्रमा ठूला र मझौला गरी १११ उद्योग छन् । औद्योगिक क्षेत्रमा पाँच हजार कर्मचारीरसहित मजदुर कार्यरत रहेका छन् । लकडाउनका कारणले सो उद्योग बन्द भएपछि अहिले उद्योगको अवस्था दयनीय छ भने मजदुरको समेत रोजगारी गुमेको छ । लकडाउन हुनुभन्दा अगाडि प्रत्येक उद्योगको करिब रु तीन करोडभन्दा बढीको कारोवार हुने गरेको थियो ।

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड कार्यालयका अनुसार अतिआवश्यक वस्तुहरु उत्पादन गर्ने २०।२१ उद्योग मात्र सञ्चालनमा रहेको छ । समाजिक दूरी तथा स्वास्थ्य जाँचको समेत व्यवस्था गरिएको ती उद्योगसमेत आंशिकरूपमा चलेको बताइन्छ । उद्योगमा कच्चा पदार्थ, मजदुर अभाव, दुवानी र बिक्री वितरणको समस्याले आंशिकरूपमा चलेको छ ।

कार्यालय प्रमुख राजेन्द्र कँडेलका अनुसार अतिआवश्यक वस्तु उत्पादन गर्ने उद्योगमा दुग्ध उद्योग, खानेपानी उद्योग, बेकरी तथा बिस्कुट उद्योग, मैदा उद्योग, पशुपक्षी दान उद्योग, प्लास्टिक उद्योगलगायतका उद्योग सञ्चालनमा रहेका छन् । सञ्चालित उद्योग पनि मझौला उद्योगहरु हुन् । उद्योग बन्दले घाटा खानुपरेकाले बैंकको ऋण तिर्न समस्या परेको तथा कर्मचारीको तलब दिनुपर्नेलगायतका थुप्रे समस्या आएको उद्योग सङ्घले जनाएको छ । 

सङ्घका अध्यक्ष लेखराज पोखरेलको अनुसार उद्योगीको व्यापक गुनासो रहेको उल्लेख गर्नुभयो । उद्योग बाहिर बस्ने मजदुरलाई काम गर्न जाँदा बाटोमा प्रहरीले अप्ठ्यारो पार्ने गरेको मजदुरको गुनासो छ । त्यस्तै हेटौडा सिमेन्ट उद्योग, शिवम सिमेन्ट उद्योग, रिद्धिसिद्धि सिमेन्ट उद्योग र एशियन पेन्टस उद्योगलगायतका अन्य ठूला उद्योग बन्द छन् ।

त्यसैगरी हेटौँडा उपमहानगर क्षेत्रमा रहेका कावार खानामा कावार संलग्न गर्ने मजदुर पनि बेरोजगार छन् । लोहा, टिना प्लास्टिक तथा सिसाको बोतल र टुटफुट भएका सामान सङ्कलन गर्ने व्यवसायी एवं मजदुरी गर्ने कारोवार ठप्प छ । हेटौँडमा विभिन्न टोलमा गरी चार दर्जनभन्दा बढी कावारखाना रहेको र ५०० भन्दा बढी मजदुर आश्रित रहेको हेटौँडा–४ कबरखानाका सञ्चालक राम एकवाल गुप्ताले जानकारी दिए ।

सर्लाही सुदरमुकामका बासिन्दा रहेका हेटौँडामा कावार सङ्कलन गर्ने दिनेश साहले मासिक रु २५ हजार कमाउने गर्थे तर लकडाउनले खानपन आपत परेको गुनासो गरेको पाइएको छ । त्यस्तै ग्रिल र फर्निचर उद्योगमा कार्यरत मजदुर उद्योगीको समेत समस्या भएको गुनासो छ ।  वाग्मती प्रदेश नेपाली काँग्रेस प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँले मजदुरको समस्याप्रति सरकार गम्भीर नभएको आरोप लागाएका छन् । उनले भने,“यस्तो अवस्थामा सबै दलबीच समन्वय जरुरी छ । ” 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved