काष्ठमण्डप खाद्य उद्योगको गल्तीले भाटभटेनीमाथि कारवाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2020 | 06:16:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई गरेको कारवाहीप्रति काष्ठमण्डप खाद्य उद्योगले चासो दिएको छ । आफ्नो सानो गल्तीले गर्दा भाटभटेनी कारवाहीमा परेको भन्दै उद्योगले दुख व्यक्त गरेको छ । 

भाटभटेनीले हरेक वस्तुको मूल्य पहिचानका लागि बारकोड प्रयोग गर्ने गरेको र उक्त उद्योगले सप्लाई गरेको लाखामरीमा पनि बारकोडसहित मूल्यको स्टिकर टाँसिएको उद्योगले जनाएको छ । यस्तो बारकोड र मूल्यको स्टिकर टाँस्ने कार्य लकडाउनको कारण भाटभटेनीको सट्टामा आफैदे टाँस्दा कैही त्रूटि भएकोे उद्योगले एक विज्ञप्ति मार्फत जानकारी गराएको छ । 

लकडाउनका कारण हाम्रा अधिकांश कर्मचारी काममा आउन नसकेको र सीमित तथा बारकोडको विषयमा गहिरो जानकारी नभएका कर्मचारीबाट काम गराउँदा २५० र ५०० ग्रामको प्याकेटमा एउटै मूल्यको बारकोड स्टिकर टाँसिन गएको र सोही वस्तु अनुगमनका क्रममा विभागका अधिकारीले फेला पारेर भाटभटेनीमाथि कारवाही भएको हो । उद्योगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

तसर्थ उक्त घटना भाटभटेनीको कमजोरीको रुपमा नभई आफ्नै कमजोरीको रुपमा बुझिदिन आम उपभोक्ता, विभाग र अन्य सरोकारवाला निकाय तथा सञ्चार मध्यमहरुलाई उद्योगले अनुरोध समेत गरेको छ । 


काष्ठमण्डप खाद्य उद्योगले जारी गरेको विज्ञप्ति


यस अघि: 

भाटभटेनीले ग्राहक ठग्यो, तीन लाख जरिवाना



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved