साना तथा मझौला उद्यमीलाई बिशेष राहत, कर्जाको ब्याज पहिलेभन्दा अझ सस्तो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2020 | 09:54:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले साना तथा मझौला उद्यमीलाई राहत मिल्ने गरि सर्कुलर जारि गरेको छ। यसअघिको व्यवस्थामा परिमार्जन गर्दै राष्ट्र बैंकले साना तथा मझौला उद्यमीको पनि पुनर्कर्जामा पहुँच पुग्नेगरि नयाँ सर्कुलर जारि गरेको हो। 

नयाँ व्यवस्थाअनुसार साना तथा मझौला उद्यमीहरुको लागि प्रवाहित १५ लाखसम्मको असल कर्जाको धितो सुरक्षणमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई बार्षिक २ प्रतिशत ब्याजदरमा पुनर्कर्जा उपलब्ध गराउनेछ। यस्तो कर्जामा साना तथा मझौला उद्यमीबाट बैंक वित्तीय संस्थाले बढीमा ५ प्रतिशतसम्म मात्र ब्याज लिन पाउनेछन्। 

यसअघि  साना तथा मझौला उद्यमीहरुको लागि प्रवाहित असल कर्जाको धितो सुरक्षणमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई बार्षिक ३ प्रतिशत ब्याजदरमा पुनर्कर्जा उपलब्ध गराउथ्यो। र यस्तो कर्जामा साना तथा मझौला उद्यमीबाट बैंक वित्तीय संस्थाले बढीमा ७ प्रतिशतसम्म मात्र ब्याज लिन पाउँथे। 

कोरोना भाइरसले निम्त्याएको आर्थिक संकटबाट उकास्न अधिकांश देशहरुले पुनर्कर्जामा बिशेष सुविधा दिएकाले नेपालले पनि साना तथा मझौला उद्यमलाई राहत दिन यस्तो व्यवस्था गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले बिजपाटीलाई बताए।

यसअघि भुकम्प प्रभावितले घर कर्जा बापत पुनर्कर्जा पाएका थिए। त्यो बेला गाउँकाले १५ लाख र काठमाडौै उपत्यकाभित्रकाले २५ लाख रुपैयाँ २ प्रतिशत ब्याजमा नै पाएका थिए। त्यसभन्दा पहिले र अहिलेसम्म साना तथा मझौला ऋणीहरु पुनर्कर्जाको पहुँचबाट टाढा थिए। 

पुनर्कर्जा भनेको नेपाल राष्ट्र बैंकले दिने सहुलियतपूर्ण कर्जा हो। नेपाल राष्ट्र बैंकसंग हाल पुनर्कर्जा प्रयोजनका लागि ४४ अर्व रहेको छ। यसलाई बढाएर ६० अर्ब पुर्याउने भनिएको छ, यद्दपी व्यवसायीहरुले १०० अर्बको पुनर्कर्जा बनाउन माग गरेका छन्। 

पुनर्कर्जा कोष विगत ४ वर्र्षमा ठूलो परिमाणमा विस्तार भएको छ । २०७२ असारमा यो कोष ५ अर्व ७४ करोडको मात्र थियो । राष्ट्र बैंकले बैंकहरुलाई प्रदान गरेको पुनर्कर्जा रकम पनि २०७२ असारमा  ३ अर्व २६ करोडमात्र थियो । २०७५ फागुनमा यो रकम २४ अर्व ५५ करोड पुगेको छ । आर्थिक वर्ष २०७५÷७६ को मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षाले पुनर्कर्जा कोषलाई ५० अर्व पुर्याउने घोषणा गरि सकेको छ। सामान्यतया पुनर्कर्जाको सुविधा कृषि, पर्यटन, उर्जा लगायतका निर्यातजन्य उद्यम तथा व्यवसायको लागि दिईने गरिन्छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved