निजी क्षेत्रले भने, ‘‘मजदूरलाई आधा तलब पनि दिन सक्दैनौं’’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2020 | 06:03:45 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिलेको परिस्थितिमा उद्योग व्यवसाय क्षेत्रले श्रमिकको ५० प्रतिशत पनि पारिश्रमिक भुक्तानी गर्न नसकेको जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति मार्फत सरकारले तोकेको पारिश्रमिकको ५० प्रतिशत पनि भुक्तनी गर्न नसकिने जनाएका हुन् ।

लकडाउका कारण उद्योगहरु संकटको अवस्थामा परेकाले ५० प्रतिशत पनि पारिश्रमिक दिन नसकिने जनाउदै सरकारलाई तोकेको पारिश्रमिकमा पुनरावलोकन गर्न अनुरोध गरेका छन् । 

सरकारले श्रमिकको पारिश्रमिक भुक्तानी सम्वन्धमा गरेका निर्णयहरू पुनरावलोकन गर्ने व्यवस्थाका लागि नेपालका सम्पूर्ण निजी क्षेत्रको तर्फबाट नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछौं । संयुक्त विज्ञप्तिमा लेखिएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved