लकडाउन खुकुल पार्न चेम्बरको सकृयता, उपत्यकाका सीडीओलाई सुझाब पेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2020 | 03:52:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्वर अफ कमर्सले लकडाउन खुकुलो पार्न  स्थानीय प्रशासनसंगको छलफललाई तिब्रता दिएको छ। लकडाउनले दैनिकी गाह्रो भएको भन्दै चेम्बर अफ कर्मशले उपत्यकाका तिनवटै जिल्लाका प्रमुख अधिकारीहरुसँग आज छलफल गरेको छ। 

लकडाउन खुकुलो पार्न चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी,  सुरक्षाकर्मीहरु समक्ष सुझाबपत्र पेश गरेका छन्। अध्यक्ष श्रेष्ठले काठमाडौंका जनकाराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसँग छलफल गरेका थिए। 

अध्यक्ष श्रेष्ठले आज भएको बैठकमा कोरोनाबाट बचेर सुरक्षित रुपमा व्यवसायिक गतिबिधि सुचारु गर्न सकिने बिभिन्न सुझाबहरु पेश गरेका छन्। चेम्बरको प्रस्तावमा स्थानीय प्रशासन र सुरक्षाकर्मी सकारात्मक भएको चेम्बरले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved