लकडाउनको मोडालिटी स्वागतयोग्य: चेम्बर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2020 | 11:58:25 PM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउनलाई क्रमिकरुपमा खुकुलो गर्दै लाने सरकारको निर्णयलाई चेम्बर अफ कमर्सले स्वागत गरेको छ । बिहीबार एक  विज्ञप्तिमार्फत चेम्बरले सरकारले वन्दावन्दीको मोडालिटी परिवर्तन गरी आर्थिक गतिविधिहरु चलायमान हुन दिने गरेको निर्णय सह्रायिन भएको जनाएको हो ।

चेम्बरले उक्त निर्णयका साथै आउने दिनहरुमा अवस्था हेरी अन्य क्षेत्र तथा व्यवसायहरु समेत क्रमिक रुपमा खुकुलो बनाउँदै जाने आशा गरेको विज्ञप्तिमा उल्लेख छ । साथै उद्योगी व्यापारीहरुलाई भ्याट, कर, राजश्व आदि तिर्ने समयसीमा समेत बढाउने र सक्दो छुट पाउने समेत चेम्बरले सरकारसंग अपेक्षा गरेको उल्लेख छ । ‘आउँदो मौद्रिकनीतिमार्फत पुनर्कर्जा, ऋण तथा व्याजदरमा समेत विशेष व्यवस्थाहुने तथा स्थानिय करहरु व्यवसाय कर आदिमा सहुलियततथा छुटको व्यवस्थाहुने समेत विश्वास चेम्बरले लिएको छ ।’, विज्ञप्तिमा उल्लेख छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved