फेरि सुरु भयो मरिचको आयात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2020 | 02:52:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मरिचको आयात खुला गरेको छ । २०७६ चैत्र २४ गते सूचना जारी गरी मरिचको आयातमा प्रतिबन्ध लगाएकोमा असार २ गते बसेको मन्त्रिपरिषद् बैठकले मरिचको आयात खुल्ला गर्ने निर्णय गरेको हो । 

सरकारका प्रवक्तासमेत रहेका अर्थ, सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत्र २४ गतेबाट मरिचको आयात बन्द हुँदा मरिचलाई नै कच्चा पदार्थको रुपमा प्रयोग गर्ने उद्योगहरु समस्यामा परेको गुनासो आएपछि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको प्रस्तावमा मरिचको आयात खुल्ला गर्ने निर्णय भएको जानकारी दिए । अब मरिचलाई औद्योगिक कच्चा पदार्थको रुपमा प्रयोग गर्ने उद्योगहरु आफैँले मरिचको आयात गर्न पाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved