निर्यात गृह खोल्ने स्थान उपलब्ध गराउन महासंघको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2020 | 06:11:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल घरेलु तथा साना उद्योग महासंघले निर्यात गृह खोल्नको लागि स्थान उपलब्ध गराउन काठमाडौं महानगरपालिकासंग आग्रह गरेको छ । लघु, घरेलु तथा साना उद्योगहरूबाट उत्पादित बस्तुहरू स्थानीय निकायमा उपभोग गर्नुको साथै स्वदेश तथा बिदेशमा बिक्री बितरण गर्न निर्यात गृह खोल्नको लागि महासंघले महानगरलाई आग्रह गरेको हो । 

महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधानको नेतृत्वमा महासचिव डम्बर प्रसाद रेग्मी, केन्द्रिय कोषाध्यक्ष सत्यनारायण प्रजापति, प्रदेश उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र काठमाडौं अध्यक्ष सिता कार्की लगायतका प्रतिनिधि मण्डलले माहानगरका मेयर बिघा सुन्दर शाक्यसंग भेटगरीे सुझाव  तथा प्रस्ताव पत्र हस्तान्तरण गरेको महासंघल जनाएको छ ।

भेटमा मेयर शाक्यले माहानगरपालिकाले  माहासंघसंग पहिलादेखि नै सहकार्य गर्दै आइरहेको स्मरण गराउदै आगामी दिनहरूमा पनि सहकार्य गर्दै जाने बताएको महासंघले जनाएको छ । 

यस्ता छन् माहासघंको प्रस्ताबमा बुंन्दागत रूपमा अनुरोध गरिएका कुराहरू

१) लघु, घरेलु तथा साना उद्यम व्यवसायलाई राहत दिनुपर्ने , 

२) स्टीमुलस प्याकेजलाई चक्रीय कोषको स्थापना गर्नुपर्ने , 

३) लघु, घरेलु तथा साना उद्यमि व्यवसायिहरु लगायत महानगरपालिका भित्रका करदाताहरुलाई कर छुटको व्यवस्था गर्नु हुन , 

४) राजश्व प्रशासन लाई करदाता मैत्री बनाउनुपर्ने, 

५) महानगरपालिकाका क्षेत्र भित्रका उद्यम व्यवसायहरुलाई थप व्यवस्थित गर्न ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved