महासंघको साधारणसाभा साउन अन्तिममा गर्ने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2020 | 09:53:55 AM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउनका कारण स्थगित भएको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा साउन अन्तिम साता आयोजना हुने भएको छ । आइतबारको महासंघको पदाधिकारी वैठकले ५४ औं वार्षिक साधारणसभा र पदाधिकारी निर्वाचन साउन २१ गतेपछि गर्ने निर्णय गरेको हो । 

महासंघका उपाध्यक्ष चन्द्र ढकालका अनुसार साउन २१ पछि मसान्त अघि साधारणसभा गर्ने निर्णय हो । पदाधिकारी वैठकले गरेको निर्णय अब कार्यकारीणी समितिको वैठकमा जाने र कार्यकारीणी वैठकले मिति तय गर्नेछ । महासंघ कार्यसमितिको बैठक सोमबार बस्दैछ । 

चैत २८ र २९ गते तोकिएको साधारणसभा लकडाउनका कारण स्थगित भएको थियो । महासंघको अध्यक्षमा अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा निश्चित भइसकेका छन् भने बाँकी पदाधीकारीका लागि चुनाव हुनेछ ।

निर्वाचनका लागि किशोर प्रधान र चन्द्र ढकालले प्यानल बनाएर उम्मेदवारी घोषणा गरिसकेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved