रुपन्देही उद्योग संघले बुझायो राष्ट्र बैंकलाई १३ बुदे ज्ञापन पत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2020 | 08:33:10 PM मा प्रकाशित

laxmi  sunrise bank

रुपन्देही उद्योग संघले नेपाल राष्ट्र बैंकलाई लकडाउनले उद्योग क्षेत्रमा पारेको प्रभाव र उद्योगलाई बचाईराख्न राष्ट्र बैंकले खेल्नुपर्ने भूमिका सम्बन्धमा ज्ञापन पत्र बुझाएको छ । संघले राष्ट्र बैंक भैरहवा शाखाका प्रमुख मार्फत गभर्नर महाप्रसाद अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो ।

 संघले राष्ट्र बैंक मार्पmत आउँदै गरेको मौद्रिक नीति उद्योग मैत्री हुनुपर्नेमा समेत राष्ट्रबैंकको ध्यानाकर्षण गराएको छ । ज्ञापन पत्र बुझाउनुहुँदै संघका अध्यक्ष बाबुराम बोहोराले अब उद्योगलाई जोगाईराख्न बैंक तथा वित्तिय संस्थाको भूमिका महत्वपूर्ण हुनेहुँदा नेपाल राष्ट्र बैंक चनाखो हुनुपर्ने बताए ।

संघले लक डाउन अवधीको ब्याजमा ५० प्रतिशत छुट हुनुपर्ने, ब्याज, सावा र किस्तालाई पुनर्तालिका तयार गरी एकबर्ष म्याद थप गर्नुपर्ने, पुनकर्जाको दायरा फराकिलो र लचिलो बनाइनुपर्ने, बैंक तथा वित्तिय संस्थाले लिने सेवा शुल्क, कर्जा नविकरण, शुल्क लगायतका चार्जहरु एकमुष्ट १० हजार भन्दा बढि लिन नहुने लगायत माग राखेको छ । त्यस्तै सेवामूलक उद्योगहरु होटल, यातायात, कृषि लगायतका उद्योगको कर्जामा विशेष सहुलियत प्रदान गर्नुपर्ने, उद्योग क्षेत्रमा लगानी भएको कर्जामा ७ प्रतिशत भन्दा बढि ब्याजदर हुन नहुने बजारमा तलरलता कम हुन नदिनका लागि नीतिगत सुधारहरु गरिनुपर्ने, शेयर कर्जा ७५ प्रतिशत पुर्पयाईनुपर्ने लगायतका विषयहरु ज्ञापन पत्र मार्फत उठान गरेको छ ।

ज्ञापन पत्र बुझ्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका प्रमुख राजेन्द्र भट्टराईले कोरोनाबाट प्रभावित उद्योग तथा वित्तिय संस्थालाई जोगाई राख्न नेपाल राष्ट्र बैंकले अवलम्वन गरिरहेका रणनीतिहरु बारे जानकारी गर्नुहुँदै आउँदै गरेको मौद्रिक नीति मार्फत उद्योगी व्यवसायीको गुनासा सम्बोधन हुने आश्वासन दिंदै उनले संघको ज्ञापन पत्र गभर्नर महाप्रसाद अधिकारी समक्ष पेश गर्ने प्रतिवद्धता व्यक्त गरेको संघले जनाएको छ ।

संघको डेलिगेशन टोलीमा प्रथम उपाध्यक्ष दिलिप सापकोटा, द्वितीय उपाध्यक्ष कृष्णप्रसाद पराजुली, महासचिव जीवकान्त काप्mले, कोषाध्यक्ष हरीबहादुर खत्री, महिला सचिव माया खनाल, का.स.सदस्य बिष्णु प्रसाद पौड्याल र प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीको सहभागिता रहेको जनाइएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved