चेम्बरका पदाधिकारी र चीनका लागि नेपालका राजदूत पाण्डेबीच भेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2020 | 08:55:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा पदाधिकारीले  चीनका लागि नवनियुक्त नेपालका राजदूत महेन्द्र बहादुर पाण्डेसँग भेटघाट गरेका छन् । भेटमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले तातोपानी र रसुवा गढी नाकाका प्रक्रियात्मक जटिलता सरलीकरण तथा सहजीकरण गर्ने, आयात तथा निर्यातकालागि निर्वाध रुपले दुवै नाका संचालन गरिनुपर्ने बारे कुरा उठाएका छन् ।

चीनले आठ हजार भन्दा बढि नेपाली उत्पादनहरुका मालवस्तुको आयातमा शुन्य भन्सार महशुल दरमा प्रवेश सुविधा प्रदान गरेको र यस सुविधा प्राप्त गर्न ४० प्रतिशत मूल्य अभिवृद्धि पूरा भएको हुनुपर्ने प्रावधान रहेको छ । प्रावधान पूरा गर्न कतिपय मालवस्तुहरुमा कठिन भएकोले सो घटाउनपनि पहल गरिनु पर्ने माग चेम्बरले राखेको जनाइएको छ । त्यस्तै कार्यक्रममा चीनको बजारमा कृषि तथा लाइभस्टकका वस्तुहरु निर्यातको प्रचुर सम्भावना भएकोले ति वस्तुहरु चिनिया बजारमा सहज तथा सरल तवरले प्रवेशको लागि पहल गरिदिन चेम्बरले आग्रह गरेको जनाएको छ । 

यसैगरी नेपालको पर्यटन विस्तारमा चीनिया पर्यटकको ठूलो योगदान रहेको हुँदा कोभिड पश्चातचीनका पर्यटकहरुलाई नेपाल आगमनको लागि प्रवद्र्धन गरिनुपर्ने तथा हवाइ भाडा प्रतिस्पर्धि बनाउनु पर्ने चेम्बरले पाण्डेसँग माग राखेको छ । जवाफमा राजदूत पाण्डेले चेम्बरबाट प्राप्त सुझावहरु गम्भिरता पूर्वक मनन गरि आप्mनो तर्फबाट सहजिकरण गर्न सक्दो प्रयास गर्ने बताएको चेम्बरले जनाएको छ । 

कार्यक्रममा चेम्बरका वरिष्ठ उपाध्यक्ष, राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश अग्रवाल तथा नेपाल  चीन चेम्बर अफ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधरलगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको जनाइएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved