१ अर्बको लगानीमा खुल्यो कागज उद्योग, आयात प्रतिस्थापनको लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2020 | 05:39:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नवलपुरको आरुङ्गखोलामा १ अर्ब रुपैयाँको लागतमा नयाँ कागज उद्योग सञ्चालनमा आएको छ । युवा व्यवसायीहरुको लागानीमा क्वालिटी पेपर ईण्डष्ट्रीज प्रा.लि सञ्चालनमा आएको हो ।

उद्योगले आज पत्रकार सम्मेलन गर्दै स्वदेशमा खेर गएको कागजजन्य फोहर र स्थानिय कच्चा पदार्थको प्रयोगबाट सामग्री उत्पादन गर्ने जनाएको छ। नवलपुरस्थित आरुङ्गखोलामा विस २०७५ सालदेखि स्थापना भई भरतपुरमा केन्द्रिय कार्यालय रहेर झण्डै दुई बर्षको मिहिनेत पछि आफ्नो उत्पादन बजारमा ल्याउन लागेको हो । मुख्य रुपमा प्याकेजिङ्ग (काटुन) बनाउने कागज उत्पादन पहिलो चरणमा सुरु गर्न लागेको उद्योगका अध्यक्ष सुकेशकुमार गुप्ताले जानकारी दिए ।

यसअघि नेपालमा प्याकेजिङ्गका लागि भारत र चीनसहित तेश्रो मुुलुकबाट आयात गर्ने अवस्था थियो । निकट भविष्यमा सेतो कागज पनि यहि उत्पादन गर्ने र मुलुकको कुल खपत आधा हिस्सा आगट्ने लक्ष्य राखेका उनको भनाई छ  ।

“नेपाली पहिचान दिने र यहाँको उत्पादनलाई प्रयोग गर्दै आत्मनिर्भर र स्वदेशी कच्चा पदार्थको प्रयोगमा जोड दिदै हामीले नयाँ कागज उद्योग सञ्चालन ल्याएका हौँ उद्योगका अध्यक्ष सुकेशकुमार गुप्ताले भने, लामो समयमा विभिन्न व्यापार व्यवसायमा अनुभव बटुलेका युवा व्यवसायीहरुले स्वदेशी कच्चा पदार्थमै नयाँ प्रयोग गर्दै उद्योग जन्मीयो ।”

कागजजन्य फोहरलाई पुनःप्रशोधन गरी स्वदेशमा दुई प्रकारका कागज उत्पादन गर्ने लक्ष्यसहित यो उद्योग सञ्चालन ल्याएको प्रबन्ध निर्देशक राजन पियाले जानकारी गराए । उनले युरोपियन प्रबिधिको प्रयोग गरी वातावरण प्रदुषणलाई रोक्न यो कागज उद्योग स्थापना भएकादावी गरेका छन् । यस उद्योग करिब ११ बिघा क्षेत्रफलमा फैलिएको छ । नेपालमा हाल ८० प्रतिशत सेतो कागज  तथा ६० प्रतिशत प्याकेजिगं कागज विभिन्न मुलुकबाट आयात हुने गरेको तथ्याकं छ ।

“नेपालमा खेर जाने कागजजन्य फोहर हाल सस्तो मुल्यमा विदेश निर्यात हुँदै थियो उनले भने, अबदेखि स्वदेशमा नै यसको पुनः प्रयोगमा ल्याउनु हाम्रो मुख्य उद्देश्य पनि हो ।”

स्वदेशमा नै रोजगारी सिर्जन गरेर देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन ४ जना युवाहरु र प्रभू बैक लिमिटेडको सहकार्यमा १ सय करोड रुपैयाँ लगानीमा उद्योग सुरु हुन लागेको हो । उद्योगले स्थानीय १ सय ५० जनालाई रोजगारी दिने बताएको छ । नेपालमा हाल ३ वटा कागज उद्योग रहेका छन् । विरगञ्ज र विराटनगरको उद्योग सञ्चालनमा रहे पनि भैरहवाको उद्योग वन्द छ ।

उद्योगले नेपाली बजारबाट निस्कने दैनिक १ सय १५ टन कागजजन्य फोहर संकलन गरी प्रशोधन गरि १ सय २० टन उत्पादन गर्नेछ । यसअघि यस्तो फोहर धेरै मात्रमा भारत र चीनमा निर्यात हुँदै आएको थियो । उद्योगले तेश्रो मुलुकबाट आउने कागजको गुणस्तर र मुल्यमा उत्पादन बिक्रि वितरण गर्ने उद्योगका बजार निर्देशक रुपक श्रेष्ठले जानकारी दिए ।

यस्तै देशमा धेरै पत्रपत्रिकाहरुमा समेत रहेका छन् जसका लागि विदेशबाट कागज आयात गरी प्रकाशन हुने गरेकोमा यस्तो कागजसमेत यहाँ नै उत्पादन सुरु गर्ने उद्योगको तयारी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved