संक्रमण रोकथामका लागि सरकारलाई सक्दो सहयोग गर्ने महासंघको प्रतिबद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 05:27:00 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस संक्रमण, नियान्त्रण तथा रोकथामकालागि नेपाल नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई सक्दो सहयोग गर्ने भएको छ । महासंघले शुक्तबार एक विज्ञप्ति मार्फत सम्वेदनसिल घडीमा सरकारलाई सक्दो सहयोग गर्ने जनाएको हो । 

त्यस्तै महासंघले आफ्ना सबै सदस्यहरुलई संक्रमण रोकथाम तथा नियन्त्रणकालागि आ-आफ्नो तरीकाले सहयोग गर्न निर्देशन समेत दिएको छ । ‘महासंघले आफ्ना सबै सदस्यहरूलाई अहिलेको यो अतिनै संवेदनशील अवस्थामा सरकारकोमात्र भर नपरी आ–आफ्ना तर्फबाट आ–आफ्ना क्षेत्रमा सक्दो सहयोग गर्न आग्रह गर्दछ ।’ जारी विज्ञप्तिमा उल्लेख छ ।  

यसका साथै महासंघले संक्रमणबाट जोगिन सरकारले निर्देश गरेका सवै स्वास्थ्य प्रोटोकलहरूलाई पालनगरी आफनो स्वास्थ्यको ख्याल गर्न सबैलाई आग्रह समेत गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved