जगदम्बा स्टिल प्रकरण नसेलाउँदै बाहिरियो अग्रवाल परिवारको अर्को बदमाशी

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 14, 2020 | 03:47:32 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगी शंकर अग्रवालको मंगला सिमेन्टमा खराबी भेटिएको छ । शंकर ग्रुप नै नभई शंकर अग्रवालले आफ्नै लगानीमा करिब ४ वर्ष अघिबाट सुरु गरेको मंगला सिमेन्टमा नेपाल गुणस्तर तथा नापतौल विभागले खराबी भेटेको हो ।

शंकर ग्रुपले उत्पादन गर्ने गजदम्बा स्टिल (फलामे छड) गुणस्तरहीन भएको भन्दै उजुरी परेर कारबाही भएको बेला यही ग्रुपको मुख्य व्यक्तिको लगानी रहेको सिमेन्ट पनि कम गुणस्तरको भेटिएपछि नापतौल तथा गुणस्तर विभागको कारबाहीमा परेको छ ।

शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल स्वास्थ्य सामग्री कालोबजारी गरेको अभियोगमा पक्राउ परी धरौटीमा रिहा भएलगत्तै निर्माण सामग्री (फलामे रड र सिमेन्ट) समेत कम गुणस्तर भेटिएको हो । शंकर ग्रुपको फलामे रड उत्पादनको इजाजत नै रोकेको विभागले मंगला सिमेन्टको पीपीसी सिमेन्टको बिक्रि वितरण बन्द गर्ने र गुणस्तर कम भेटिएको ब्याचको सबै सामान फिर्ता गर्न निर्देशन दिएको छ ।

यो पनि:  हातैले भाँचियो जगदम्बाको डण्डी, यसरी ठगिए बालाजुका श्रीकृष्ण (भिडियोसहित)


बजारमा रहेका सिमेन्ट फिर्ता लगेर १५ दिनभित्र स्पष्टिकरण दिन विभागले भदौ २६ गते नै कम्पनीलाई निर्देशन दिईसकेको छ । यो ब्राण्ड शंकर अग्रवालको परिवारको हो । 

‘अहिले किरण जीले यसको व्यवस्थापनको काम हेर्दै आउनु भएको छ’ मंगला सिमेन्ट स्रोतले भन्यो, ‘तर सबै ओभरल हेर्ने चाँही शंकर सरहरु नै हुन् ।’ 

फलामे रडका सम्बन्धमा भने जगदम्बाले दक्ष जनशक्ति नहुँदा गल्ती भएको स्वीकार गर्दै स्पष्टिकरण दिएको छ । गुणस्तर तथा नापतौल विभागका अनुसार मर्काउँदा भाँचिने रड उत्पादन गरेको शंकर ग्रुपले सो लटमा उत्पादन गरेका ३ सय टन सामान अझै गोदाममै छन् । सो परिणामा बजारमा पुगेर पनि प्रयोग भईसकेको हुन सक्ने अनुमान गरिएको छ । 

कम्पनीले १६ एमएमको टीएमटी बार फी ५०० रडमा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेको भेटिएको विभागले जनाएको छ । घर बनाउँदा जगदम्बाको रड प्रयोग गरिरहेका बालाजु बोहोराटारका श्रीकृष्ण भट्टराईले विभागमा उजुरी दिएका थिए । कम्पनीले गोदाममा स्टक रहेको सामान नष्ट गर्ने बताइसकेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved