'बाँच्न नसक्ने भएर नै सडकमा आएका हौँ, माग पुरा नभए कडा आन्दोलन गर्छौ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2020 | 02:24:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले उद्योग व्यवसाय सुचारू हुने वातावरण नबनाएको भन्दै व्यवसायीहरु आन्दोलित भएका छन्। चैत ११ देखि सुरु भएको लकडाउनमा गर्न सक्नेसम्मको सहयोग गरेपनि सरकारले राहत पनि नदिएको र व्यवसायिक वातावरण पनि नबनाईदिएको भन्दै कोटेश्वरका व्यवसायीहरु आन्दोलित भएका हुन्। 

मौन बिरोधका रुपमा कोटेश्वरका व्यवसायीहरुले आज सडकमा उभिएर आफ्ना मागबारे सरकारलाई जानकारी गराएका छन् भने व्यवसायीहरुको छाता संगठन कोटेश्वर व्यवसायी संघले जिल्ला प्रशासन काठमाडौंकालाई ७ बुँदे माग बुझाएका छन्। अध्यक्ष सरोज कुमार थापा सहितको संघको समुहले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनक दाहाललाई ७ बुंदे माग बुझाएका छन्। 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनलाई धैर्य धारण गरे साथ दिएपनि एकातर्फ सरकारले राहत पनि नदिने र अर्कोतर्फ गरीखाने बातावरण पनि नबनाईदिएकाले बाध्य भएर मौन बिरोध गर्नुपरेको संघका अध्यक्ष थापाले बिजपाटीलाई बताए। 

'सरकारले राहत पनि नदिने, व्यवसाय गर्नलाई वातावरण पनि नबनाईदिने, अनि हामी व्यवसायीले के गरि घरभाडा र बैंक तथा सहकारीको ऋण तिर्ने ? अध्यक्ष थापाले भने, 'सुरुवाती दिनमा अप्ठ्यारा परेकालाई हामीले नै राहत दियौं तर अहिले माग्नुपर्ने अवस्थामा पुगेका छौं, अब बाच्न नसक्ने भएर नै आन्दोलनमा उत्रिनु परेको हो।'

राष्ट्र बैकले मौद्रिक नीति मार्फत राहतका कुरा ल्याएपनि आफुहरुले कुनै ब्याज छुट नपाएको गुनासो गर्दै राष्ट्र बैंकले ल्याएको नीति व्यवहारिक रुपमा लागू नभएको थापाले बताए। बैंक वित्तीय सँस्थाको ऋणले किचिरहेको बेला ६ महिनादेखि बन्द भएको सटरको भाडा कसरी तिर्ने भन्ने समस्या ठुलो भएको अध्यक्ष थापाले बताए। 

'भाडा छुट भनेर घोषणा गर्दिएको छ तर कसले कसरी छुट दिने कसरी छुट पाउने भन्ने कुनै कुराको जवाफ छैन, भाडाको बिषयमा कार्यन्वयन हुने गरि स्पष्ट रुपमा नीतिगत व्यवस्था सरकारले गर्नुपर्छ' उनले भने।  

कोटेश्वका व्यवसायीहरुले लकडाउन र निषेधाज्ञाको अवधिको बैंक वित्तीय संस्था र सहकारीको ब्याज पूर्ण मिनाहा पाउनुपर्ने, यो अवधिको घरभाडा मिनाहा हुनुपर्ने, सहुलियत दरमा बिनाधितो ऋण प्रवाह हुनुपर्ने लगायतका ७ बुंदे माग राखेका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved