विशाल ग्रुपले म्याद सकिएका बस्तुमा ‘रिलेवलिङ’ गरेकोमा महासंघको चासो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2020 | 02:12:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले उपभोक्ताको स्वास्थ्यमा असर पुग्नेगरी बस्तुहरु बिक्रि भईरहेको समाचार आएपछि ध्यानाकर्षण भएको जनाएको छ । महासंघले नियमित ‘प्रेस रिलिज’ सार्वजनिक गर्दै कम गुणस्तरीय सामान विक्री वितरण भएको, उपभोग्य मिति गुज्रेका सामानको विक्री वितरण, म्याद गुज्रेका वस्तुमा पुनःउपभोग्य मिति राखी बजारमा पठाइएको जस्ता कानुन विपरितका काम भएको गुनासोतर्फ आफ्नो ध्यानाकषण भएको जनाएको छ ।

‘कठिन घडीमा कहिकतै कम गुणस्तरीय सामान विक्री वितरण भएको, उपभोग्य मिति गुज्रेका सामानको विक्रीवितरण, म्याद गुज्रेका वस्तुमा पुनःउपभोग्य मिति राखी बजारमा पठाइएको, निश्चित तौल नपु¥याई सामान बजारमा विक्री गरेको लगायतका प्रचलित कानुन विपरितका कार्यहरू भएको भन्ने गुनासाहरू आएकोतर्फ यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’ महासंघले भनेको छ ।

कसैलाई पनि जनताको प्रत्यक्ष स्वास्थ्यसँग खेलवाड हुने र प्रचलित कानून विपरित कार्य गर्ने छुट नभएको भन्दै महासंघले गल्ती गर्नेहरु कारबाहीको भागिदार बन्नुपर्ने बताएको छ । महासंघले आफ्ना सबै सदस्य संघहरूलाई व्यावसायिक आचार संहिताको पूर्णपालना गरी व्यापार व्यवसाय गर्न आव्हान गरेको छ ।

केही दिन अघिदेखि काठमाडौ महानगरपालिका, वाणिज्य विभाग लगायतले गरेको बजार अनुगमनका क्रममा ‘विशाल ग्रुप’ को लोकल ‘एजेन्ट’ ले म्याद गुज्रिएका बस्तुहरुमा पुनः हातैले म्याद लेखेर राख्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । त्यसपछि नियमित जस्तो रुपमा भईरहेको अनुगमनमा व्यवसायीबाट बदमाशी भएको भेट्न थालिएपछि महासंघले नै विज्ञप्ति जारी गरेर चाडवाड लक्षित मात्रै नभई वर्षैभरी बजार अनुगमन गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved