३ गुणाले हवाई भाडा बढाउँदा नेपाली उत्पादन नबिक्ने चिन्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2020 | 03:42:11 PM मा प्रकाशित

laxmi  sunrise bank

कार्गो ढुवानीका लागि हवाइ भाडा महँगो भएपछि निर्यात परिषद्ले ध्यानाकर्षण भएको जनाएको छ । कोभिड–१९ का कारण बन्दाबन्दी हुँदा पनि निर्यात व्यवसायमा संलग्न उद्यमी व्यवसायीले सानो परिणाममा भएपनि नेपाली बस्तुहरु निकासी गर्दै आएको तर, हवाइ कम्पनीहरुले हवाइ कार्गो भाडादर बढाउँदा समस्या भएको परिषद्ले बताएको छ । 

‘हवाइ कम्पनीहरुबाट पहिलाको भन्दा २÷३ गुणाभन्दा बढी हवाइ कार्गो भाडादर बृद्धि  गरिरहेको र यसवाट हवाइ कार्गो भाडादर महंगो भएबाट नेपाली वस्तु निर्यातकर्ता तथा आयातकर्ता व्यवसायीहरुसमेत आक्रान्त भईरहेकोप्रति यस परिषदको गम्भिर ध्यानाकर्षण भएको छ’ परिषद्को विज्ञप्तिमा भनेको छ ।

परिषद्ले निर्यातयोग्य वस्तुहरुको निकासी प्रवद्र्धनको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन हवाई कार्गो भाडादर समायोजन हुनुपर्ने माग गरेको छ । परिषद्का महासचिव रामशरण थपलियाले पहिला एक किलोको ४ डलर शुल्क लाग्दै आएकोमा अहिले ८ देखि ९ डलरसम्म लाग्ने गरेका कारण विदेशी आयातकर्ताले नेपालको बस्तु नै नलिने अवस्था सिर्जना भएको बताए । विदेशीले एयरलाइन्सले कार्गो शुल्क धेरै लिएको भनेर नबुझी नेपाली उत्पादक र निर्यातकर्ताले नै बढी पैसा लिएको भनेर बुझ्ने हुँदा नेपाली बस्तु विदेश नजाने खतरा बढेको उनको भनाई छ । 

बस्तुको ढुवानीको मूल्य बिना कुनै कारण बढ्दा नेपाली उत्पादन विदेशमा जान नसकी व्यापार घाटा थप चुलिने चिन्ता बढेको परिषद्का पदाधिकारीहरु बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved