दशैँ अघि नै तातोपानी नाका सञ्चालनमा आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2020 | 03:38:42 PM मा प्रकाशित

laxmi  sunrise bank

मजदुरमा कारोना भाइरस संक्रमण देखिएपछि बन्द भएको तातोपानी नाका पुनः सञ्चालनको तयारी गरिएको छ । गत असोज १८ गते नाकामा कार्यरत ७ जना कामदारमा संक्रमण भएपछि बन्द भएको नाका २/३ दिनभित्र सञ्चालनमा आउने जनाईएको छ ।

तातोपानी भन्सार कार्यालयका अनुसार संक्रमित कर्मचारीको रिपोर्ट नेगेटिभ आएसँगै चिनियाँ पक्षले डिसइन्फेक्सन गरेर २/३ दिनमा सामग्री पठाउने मौखिक जानकारी गराएको भन्सार प्रमुख लालबहादुर खत्री बताउँछन् । 

‘हामीले गर्नुपर्ने आन्तरिक सबै कामहरु सकेका छौँ, दशै अगाडी नै केही सामग्रीहरु नेपाल आइपुग्छ’, उनले भने । 

बाढी पहिरोका कारण गत असारबाट बन्द रहेको उक्त नाका असोज १८ गते सञ्चालनमा ल्याईएको थियो । नाका सञ्चालनको २४ घन्टाभित्र नै कामदारमा संक्रमण देखिएपछि पुनः बन्द भएको थियो । लामो समयदेखि नाका बन्द हुँदा धेरै सामग्रीहरु नाकामा नै रोकिएको व्यवसायीहरुले गुनासो गर्दै आएका छन् । 

रसुवागढीबाट दैनिक १० कन्टेनर भित्रिदैँ

बाढी पहिरोदेखि चिनियाँ पक्षको अबरोधका कारण बन्द रहेको रसुवागढी नाका हाल सञ्चालनमा आएको छ । गत असोज १८ गतेबाट पुनः सञ्चालनमा आएको उक्त नाका मार्फत हाल दैनिक १० कन्टेनर सामग्री नेपाल भित्रिने गरेको भन्सार कार्यालयले जनाएको छ । 

तयारी पोशाकदेखि राष्ट्रिय गौरवका आयोजनाका निमार्ण सामग्रीसमेत भित्रिएको नाका प्रमुख पुण्यबिक्रम खड्का बताउँछन् । उनका अनुसार शनिबार मात्र पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका लागि आवश्यक सामग्री लिएर २ कन्टेनर नेपाल भित्रिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved