पानीको मूल्य बढाउने व्यापारीलाई प्रक्राउ गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2020 | 01:00:10 PM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले प्रशोधित पिउने पानीको मूल्य बढाउने उद्योगी, ढुवानीकर्ता तथा खुद्रा व्यापारीलाई कारवाही गर्ने भएको छ । आफूखुशी जारको पानीको मूल्य बढाएका व्यवसायीसँग असोज मसान्तमा भएको मौखिक सहमति विपरित केही उद्योगले पानीको मूल्य नघटाएको पाएपछि विभागले कारवाही गर्ने भएको हो । 

पुरानै मूल्य कायम नगर्ने व्यपसायीलाई विभागको अनुगमन टोलीले प्रक्राउ गर्नेसम्मको तयारी थालेको जनाईएको छ । विभागका सूचना अधिकारी रवीन्द्र आचार्य पटक÷पटक पुरानै मूल्य कायम गर्न निर्देशन दिएतापनि उद्योगी तथा व्यवसायीले अनाकानी गरेपछि प्रक्राउँको तयारी भएको बताउँछन् । 

‘हामीले दिएको निर्देशनको पालना भएन, यसअघि सामान्य रुपमा मूल्य फिर्ता लिन निर्देशन दिएका थियौँ, कार्यान्वयन भएन, अब हामी एक्सनमा उत्रन्छौँ’, उनले भने । 

पानी उद्योगी, ढुवानीकर्ता तथा खुद्रा व्यापारी र पानी उद्योगसँग सम्बन्धीत संघका पदाधिकारी सबैलाई कारवाही हुने विभागले जनाएको छ । विभागमा भएको छलफलमा पानीको मूल्यमा एकरुपता ल्याउने भन्दै नयाँ मूल्य राख्न निर्देशन दिएको संघले पुरानै मूल्य लागुगर्न पुनः परिपत्र गर्ने भनिएको थियो । तर भनेअनुसार संघले परिपत्र नगरेको पाईएको छ । 

‘संघले पुरानै मूल्य कायम गर्न परिपत्र नरेन, केहीले आफूखुशी मूल्य घटाएका छन्, केहीले बढेकै मूल्यमा बिक्रीवितरण गरेका छन्, अब हामी चेतावनी दिएर बस्दैनौँ गल्तीगर्ने उद्योगीसगैँ संघका प्रतिनिधिलाई समेत प्रक्राउँ गछौँ’, उनले भने ।  

पानीको गुणस्तरमा एकरुपता कायम गर्न नसक्ने उद्योगी तथा व्यवसायीहरुले मूल्यमा एकरुपता गर्छुभन्ने कुरा उपभोक्ता संरक्षण ऐन विपरीत रहेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । 

बजारमा उद्योग अनुसार पानीको मूल्य कायम भएको भन्दै मूल्यमा एकरुपता ल्याउन विभागले भदौ १० गतेदेखि काठमाडौ उपत्यकासहित काभ्रेपलान्चोक जिल्लामा पानीको नयाँ मूल्य निर्धारणको तयारी गरिएको थियो । 

बजारमा कायम भएको भन्दा बढी मूल्य निर्धारण भएको भन्दै उपभोक्ता अधिकारकर्मी तथा व्यवसायीले संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिमा उजुरी गरेका थए । समितिमा उजुरी परेपछि पानीको नयाँ मूल्य लागु गरिएको थिएन भने उजुरीमाथि थप कारवाही समेत भएको छैन् । 

सार्वजनिक बिदामा झन धेरै अनुगमन हुने

विभागले नियमित रुपमा गर्दै आएको बजार अनुगमन दशैंको बिदामा समेत निरन्तरता दिने भएको छ । कार्यालय समयको समयमाभन्दा बिदाको समयमा अनुगमनलाई बढी प्राथमिकता दिईएको सूचना अधिकारी आचार्य बताउँछन् । ‘यसअघि हामी देखिने रुपमा अनुगमनमा जाने गरेका थियौँ, बिदाको समयमा धेरै कालोबजारी हुन्छ, हामी सबै नचिनिने रुपमा ग्राहक बनेर बजारमा जान्छौँ’, उनले भने । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved