साना व्यवसायलाई बिनाधितो ऋण, १८ महिनासम्म ब्याज नलाग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2020 | 03:43:10 PM मा प्रकाशित

laxmi  sunrise bank

लघु, साना तथा मझौला व्यवसायहरुलाई सहयोग गर्न तीन संस्था एकजुट भएका छन् । वान टु वाचलले स्विस सरकार विकास सहयोग (एसडिसि)को सहयोगमा एनएमबि र लक्ष्मी बैंकसंगको साझेदारीमा कोभिड १९ एमएसएमई कोष खडा गरी लघु, साना तथा मझौला व्यवसायहरुलाई सहयोग गर्ने भएको हो ।

 यस कोषको मुल उद्देश्य कोरोनाबाट प्रभावित लघु, साना तथा मझौला व्यावसायहरुलाई सहयोग दिने रहेको जनाइएको छ । कोषबाट व्यवसायहरुलाई छोटो अवधिको लागि कर्जा प्रदान गर्नुका साथै व्यवसाय अनुकूल परामर्श र तालिम पनि प्रदान गर्ने र रोजगारी जोगाउन मद्दत गर्ने सम्झौतामा उल्लेख छ । कोषले करिब १०० व्यवसायलाई सहयोग पुर्याउने र करिब १ हजार रोजगारी जोगाउने अपेक्षा लिएको छ । 

जस अन्तर्गत कोभिडबाट प्रभावित तर व्यवसाय गर्ने क्षमता भएका व्यवसायलाई धितो रहित कर्जा र १८ महिनासम्मको लागि ब्याज पनि मिनाहा हुनेछ । त्यसैगरि ती व्यवसायहरु मध्ये छनोटमा परेका व्यावसायीहरुले आफ्नो व्यावसाय अनुकूल परामर्श पनि प्राप्त गर्ने छन् । 

सम्झौतापछि वान टु वाचका प्रबन्ध निर्देशक सुमन जोशीले यस्तो विषम परिस्थितिमा कोषले उच्च क्षमता भएका व्यवसायलाई पहिचान गरि सहयोग गर्ने बताए । उनले भने, ‘आशा छ कि यो पहल एक “पायलट÷प्रयोगात्मक“ हुनेछ जसमा अरु बैंक साझेदारहरु को सहभागिता बढ्दै जानेछ ।’ लघु, साना तथा मझौला व्यावसायहरु नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उनले उक्त व्यवसायहरुले धेरै तथा नयाँ रोजगारी प्रदान गर्ने दावी गरे । 

त्यस्तै, नेपालको लागि स्विस राजदुत एलिजाबेथ भोन क्यापेलरले यो सहकार्यले ऋण योग्य साना उद्यमीहरुलाई बैकं ऋणको पहुँचले यस विषम परिस्थितिमा व्यवसाय र जिविका चलाउन सहयोग पुर्याउने बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved