स्वास्थ्य प्रोटोकल पालना गराउन के गर्दैछ महासंघको निर्वाचन समिति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2020 | 04:26:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मिति नजिकिएपनि कोरोना संक्रमणबाट उम्मेद्वार र मतदातालाई सुरक्षित राख्ने योजना भने महासंघले बनाउन सकेको छैन । महासंघले आगामी मंसिर ११ र १२ गते ५४ औँ वार्षिक साधारणसभा र १३ गते निर्वाचन गर्ने मिति र तालिकासमेत सार्वजनिक गरिसकेको भएपनि कोरोना महामारीबाट आफ्ना सदस्यलाई सुरक्षित राख्न कुनै प्रोटोकल तयार पार्न नसकेको हो ।

के गर्दैछ निर्वाचन समिति ?

महासंघको निर्वाचन समितिले हालसम्म सुरक्षा मापदण्डबारे यसअघिकै प्रोटोकललाई पछ्याईएको बताएको छ । समितिका संयोजक उपेन्द्र केशरी न्यौपाने निर्वाचन समितिले केही निर्वाचनका लागि केही स्वास्थ्य प्रोटोकल तयार पारेको भएपनि उम्मेद्वार र मतदाताको लागि भने महासंघले नै बनाउनुपर्ने बताएका छन् ।

‘हामीले अहिले निर्वाचनको दिन पालना गर्नुपर्ने प्रोटोकल बनाएका छौँ’ उनले भने, ‘आफ्ना सदस्यहरुलाई, मतदातालाई, उम्मेद्वारलाई कसरी सुरक्षित राख्ने भन्ने प्रोटोकल महासंघको कार्यकारिणी समितिले बनाउँदै होला ।’

निर्वाचन समितिका प्रवक्ता लिलामणी पौडेलले पनि मतदातालाई सुरक्षित साथ मतदान कार्यमा सहभागी हुन अनुरोध गरिएको र यसका लागि मास्क, स्यानिटाइजर र फेस सिल अनिवार्य गरिएको बताएका छन् । उनका अनुसार ३ सय जना मतदाता व्यक्तिगत रुपमै मतदान गर्न उपस्थित हुने भएकाले एकै स्थानमा तर, छुट्टा छुट्टै लाइनमा राखेर अधिकत दूरी कायम गरी मतदान गर्न पाउने व्यस्था गरिने छ ।

उनले अहिले जिल्ला–नगरतर्फ १०७, बस्तुगततर्फ १०३ र एसोसियट तर्फ ९ सयको हाराहारीमा मतदाता रहेको भनिएपनि यसको यकिन तथ्यांक भने मंसिर ४ गते बेलुका मात्रै आउने बताए ।

उम्मेद्वारहरु भने विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय लगायतका सरोकारवालाले तोकेको स्वास्थ्य मापदण्डका आधारमा आफ्ना, मतदाता र उम्मेद्वारलाई सुरक्षित राख्न महासंघले स्वास्थ्य प्रोटोकल बनाउनुपर्ने बताउँछन् । बरिष्ठ उपाध्यक्षका उम्मेद्वार एवम् वर्तमान जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान मंसिर ११, १२ र १३ गतेका लागि तोकिएको साधारणसभा र निर्वाचन सोही मितिमा गर्न मतदाता र उम्मेद्वार कोरोनाबाट सुरक्षित रहनुपर्ने भएकाले यसतर्फ महासंघका वर्तमान अध्यक्ष र भावी अध्यक्षले सचेत भएर सोच्नुपर्ने बताउँछन् ।

यदि कुनै उम्मेद्वार वा मतदातामा कोरोना देखिए उसको मतदान अधिकारबाट उसलाई बञ्चित नहुने गरी मापदण्ड बनाउने दायित्वबाट नेतृत्व पछि हट्न नहुने उम्मेद्वार र मतदाताको भनाई छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved