कन्टेनर सजिलै ल्याउन नपाए चिनियाँ नाकामै धर्ना बस्ने व्यवसायीको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2020 | 06:50:00 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनियां नाकामा रोकिएका कन्टेनरहरु सहज रुपमा नेपाल भित्रन नसकेपछि व्यवसायीहरु थप आन्दोलित भएका छन्। दिनमा एक र बढीमा दुईवटामात्रै कन्टेनर चिनियाँ पक्षले नेपाल भित्रन दिइरहेको यथार्थबारे सरोकारवाला सबैलाई जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन्। 

नेपालतर्फ कुनै समस्या नहुँदा समेत सहज रुपले सामान नभित्रिदा नेपाल सरकारले कुटनितिक पहल नै गर्न नसकेको भन्ने प्रष्ट भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए। 

अत्यधिक भाडा वृद्धि तथा नाकाहरुमा रहेको सिण्डिकेट समेतको अन्त्य गरी कुटनीतिक पहलबाट नाका सहज बनाउन आफुहरुले सरकार समक्ष विनम्र अनुरोध गरिरहेको अध्यक्ष कटुवालले बताए। 

सबै सरोकारवालाहरुको घर घर, आफिस, कार्यलय तथा चेम्बरमै पुगेर समस्या समाधानको पहल गरिरहँदा पनि कुनै सुनुवाई नभएकाले अब पनि समधान नखोजिए महासंघमा आवद्ध उद्योगी–व्यवसायीहरु नाकामै गएर धर्ना बस्न बाध्य हुने अध्यक्ष कटुवालले चेतावनी दिए। 

चीनको एकतर्फी 'नाकाबन्दी' ले नेपाली व्यवसायीको उठिबास, जोखिममा बैंकको १० अर्ब

नाकामा देखिएका समस्याहरु समाधानका लागि महासंघले परराष्ट्र मन्त्री, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रीकासाथै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बावुराम भट्टराई लगायतलाई भेटेर ध्यानाकर्षण गराईसकेको छ। 

महासंघको आवाज पछि केरुङ, तातोपानी नाका खुला गरीएपनि अहिले पनि मालवस्तुहरु सहज रुपमा नेपाल भित्रन सकेका छैनन्। १० महिनादेखि चिनियाँ नाकामा रोकिएका कन्टेनरहरु अझै सहज रुपमा नेपाल भित्रन सकेका छैनन्। नाकाहरुमा अहिले पनि धेरै कन्टेरहरु रोकिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved