वृज सिमेन्टद्धारा “एक्सपर्ट मेशन क्लब” का सदस्यलाई उपहार वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2020 | 05:37:38 PM मा प्रकाशित

laxmi  sunrise bank

वृज सिमेन्टले २०७६ सालमा स्थापना एक्सपर्ट मेशन क्लबअन्र्तगत रहीकार्य गर्ने २ सय जना निर्माणकर्मीहरुलाई उपहार प्रदान गरेको छ । जस अन्र्तगत विभिन्न  क्षेत्रका निर्माण कर्मीहरुलाई ३२ ईन्चको टिभी , मोवाइल, भाइब्रेटर, भ्याकुमक्लिनर र सेफटी टुल्स किट उपहार वितरण गरेको हो । 

वृज सिमेन्ट इण्डष्ट्रीजले निर्माण क्षेत्रमाकार्यरत कामदारहरुको हौसला र सुरक्षाको लागि विगत बर्षदेखि यो योजना कार्यान्वयनमा ल्याएको कम्पनीका सेल्स म्यानेजर निरज सिंहले जानकारी दिए । यस एक्सपर्ट मिशन क्लबले नेपाल भर रहेका निर्माण कर्मीहरुलाई एकताबद्ध गराई उनीहरुको हौसला र सुरक्षाको लागि कार्य गर्दछ । 

एक्सपर्ट मिट कार्यक्रममा निर्माणक्रर्मीहरुलाई “एक्सपर्ट मेशन क्लब” मा आवद्ध गरेर उनीहरुको निःशुल्क रुपमा पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बीमा उपल्ब्ध गराएको जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved