नेपालमा कमाएर विदेशमा लगानी गर्नेलाई प्रधानमन्त्रीले दिए कडा चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2020 | 02:25:43 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कमाएर विदेशमा लगानी गर्नेहरुप्रति सरकारले कडा रवैया अख्तियार गर्ने संकेत गरेका छन्। नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो संकेत दिएका हुन्। 

नेपाल सरकारले राष्ट्रिय उद्योग, राष्ट्रिय पुँजी, राष्ट्रिय पुँजीपतिलाई जोड दीईरहेको स्मरण गराउंदै प्रधानमन्त्री ओलीले सकेसम्म स्वदेशमै लगानी गर्नलाई उद्योगी तथा व्यवसायीलाई सुझाव दिएका छन्। 

नेपाल सरकारले नेपालकै पुंजीपतिलाई सबल बनाउन नसकेकाले बिदेशी लगानीलाई आमन्त्रित गर्नुपरेको बताउदै प्रधानमन्त्री ओलीले ठुला ठुला आयोजनामा लगानी गर्न सक्नेगरि विकसित हुनलाई नेपालका व्यवसायीहरुलाई निर्देशन दिएका छन्। 

नेपालमा कमाएर विदेशमा लगानी गरिरहेकाहरुप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले पुंजी नेपालमा कमाउने र बाहिर लगानी गर्ने तरिका नअपनाउनलाई निर्देशन दिएका छन्। नेपालले विदेशी लगानी आमन्त्रित गर्नलाई बिभिन्न सहुलियत दिइरहेको बेला दुई चार पैसा बढी कमाउने लोभमा नेपालबाट बाहिर लगानी नलैजानलाई निर्देशन दिएका छन्। 

नेपालमा लगानीको अवसर प्रशस्त भएकाले सहि बाटोबाट नेपालमा व्यवसाय गर्नलाई व्यवसायीलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले न्यायोचित भएसम्मको सहयोग र साथ दिनलाई आफु तयार रहेको बताए।  तर प्रधानमन्त्री ओलीले अनेक प्रयोजनका लागि बाहिर लगानी गर्नुनै छ भनेपनि सुल्टोबाट मात्र लगानी गर्नलाई स्पष्ट रुपमा चेतावनी दिएका छन्। 

उत्पादन, उपभोग र निर्यातलाई प्रथामिकतामा राखेर काम गर्नलाई सुझाब दिंदै प्रधानमन्त्री ओलीले यसबाटोबाट अगाडी बढ्ने व्यवसायीलाई सरकारले के के गर्नुपर्छ त्यसको स्पष्ट खाका बनाएर सरकारलाई दिनलाई समेत निर्देशन दिएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved