कोभिड रिकभरी बिशेष कार्यक्रमको घोषणा गर्न प्रधानमन्त्रीलाई प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2020 | 03:23:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष बन्ने क्रममा रहेका शेखर गोल्छाले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई पुर्ववत अवस्थामा ल्याउनलाई कोभिड रिकभरी बिशेष कार्यक्रमको घोषणा गर्नलाई प्रस्ताव गरेका छन्। महासंघको ५४ औं बार्षिक साधारणसभाका प्रमुख अतिथिको रुपमा उपस्थित प्रधानमन्त्री केपी शर्मा ओली समक्ष गोल्छाले यस्तो प्रस्ताव गरेका हुन्। 

कोभिडबाट प्रभावित व्यवसायलाई तथा अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनलाई पनि यस्तो कार्यक्रमको अपरिहार्य भएको गोल्छाको भनाई छ। प्रस्तावित उक्त कार्यक्रमबाट कोरोना प्रभावित उद्योगी व्यवसायीहरुलाई सावाँ ब्याज छुट, श्रमिकको व्यवस्था, प्रत्यक्ष अनुदान, राजश्वमा छुट लगायतका सहुलियत समेटिनुपर्ने उनले बताए। एक अध्ययनले नेपालको कुल उद्योग व्यवसाय मध्ये ४ प्रतिशत पूर्ण, ३५ प्रतिशत आंशिक र ६१ प्रतिशत पुर् रुपमा बन्द भएको देखाएको छ। 

प्रस्तावित कार्यक्रमको ढांचा तयार गरि अबको नयाँ कार्यसमितिबाट पारित गरेर परिचालन गर्ने योजना रहेको सुनाउदै गोल्छाले यसको लागि समय दिनलाई समेत प्रधानमन्त्री समक्ष आग्रह गरेका छन्। यस्तो रणनीति ३,५ र १० बर्षको हुने गोल्छाले बताए। 

अहिले सबै प्रभावित भएकाले सरकार, निजि क्षेत्र तथा अन्य सरोकारवालाहरु मिलेर अगाडी बढ्नुपर्ने उनले बताए।  दोहोरो अंकको आर्थिक वृद्धि, ४ लाखलाई रोजगारीको अवसर तथा ब्यापार घाटा घटाउनु पर्ने अहिलेको प्रमुख प्राथमिकता भएकाले बिशेष कार्यक्रमको खाँचो भएको गोल्छाले बताए। 

कोरोनाबाट प्रभावित उद्योगी व्यवसायीलाई राहत दिन सरकारले मौद्रिक नीति मार्फत राहत प्याकेज ल्याएपनि पर्याप्त र प्रभावकारी नभएको बताउदै गोल्छाले पुनर्कर्जा कोष २ खर्ब पुर्याउन र यसको अवधि ३ बर्ष पुर्याउनुपर्ने बताए। 

कृषि र  मध्यम तथा साना मझौला व्यवसायीको प्रवर्धन एवं लगानी विस्तार गरि दोहोरो अंकको अर्थिक वृद्धि गर्नुपर्ने भएकाले सरकारले राहत कार्यक्रम ल्याउँदा क्षेत्रगत हिसाबले प्याकेज ल्याउनुपर्ने उनले बताए। 

नेपालको अर्थतन्त्रलाई पुर्ववत अवस्थामा ल्याउनलाई कुल जिडीपीको ९ प्रतिशत रकम खर्चिन पर्ने युनेस्कोपको एक अध्ययनले देखाएको बताउदै गोल्छाले सरकारले करिब ३ खर्ब ४० अर्ब रुपैयाँ बराबर खर्च गर्नुपर्ने बताए। यसरी खर्च हुने कुल रकम मध्ये सुरक्षामा ४, स्वास्थ्य पूर्वाधारमा डेढ प्रतिशत कुल ग्राहस्थमा ३,  सामाजिक सुरक्षामा ४ र स्वास्थ्य पुर्वधारमा डेढ प्रतिशत रकम खर्चिनुपर्ने उनले बताए। 

नेपालमा रोजगारी सिर्जना गर्नको लागि कृषि को प्रवर्दन गर्नुपर्ने र यसको लागि पुनर्संचरना आवश्यक रहेको बताए। हाल कृषिको वृद्धिदर ३।२ प्रतिशत रहेको छ। सन् २००८ मा कृषिमा आश्रित नेपालको जनसंख्या ८० प्रतिशत रहेकोमा २०१८ मा यो सख्या ६० प्रतिशत पुगेको छ। 

नेपाल उद्योग बाणिज्य महासंघ निजि क्षेत्रको सबै भन्दा ठुलो संस्था हो। यहाँ ७ प्रदेश, ११३ जिल्ला नगर अध्यक्ष, १०३ बस्तुगत तथा ८५० बढी एसोसिएट सदस्य तथा दृराष्ट्र सम्बन्ध भएका २० वटा संस्थाहरुको निजि क्षेत्रकै ठुलो संस्था हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved