नयाँ नोट आजदेखी बजारमा, कहाँ कहाँ छ साट्ने सुविधा ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 07, 2018 | 09:21:52 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैँको लागि नयाँ नोटको सटही सुरु भएको छ । नेपाल राष्ट्र बैंकले आइतबारदेखि विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाइने जनाएको छ ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही गर्न सकिने जनाएको छ । राष्ट्र बैंकले सोही अनुसार बैंक तथा वित्तीय संस्थालाई आइतबारदेखि नै नयाँ नोट वितरण सुरु गर्न भनेको छ ।

नोट कोष सुविधा लिएका र सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट पनि नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । असोज २९ गतेसम्म नोट सटही गर्न सकिने छ । काठमाडौं उपत्यकाभित्र नेपाल बैंकको न्युरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटही गर्न सकिनेछ । 

यस्तै राष्ट्रिय वाणिज्य बैंकको सिहदरबार, टेकु, नयाँ बानेश्वर, सानो ठिमी, विशालबजार, नक्साल, कलंकी र बालाजु शाखाबाट र कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भू र मंगलबजार शाखाबाट नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ ।

उपत्यका बाहिर पनि आइतबारदेखि नै नयाँ नोट सटही सुरु हुने राष्ट्र बैंकले जानकारी दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved