उत्तर कोरियाले युद्धको सुरुवात गर्‍यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 05, 2017 | 06:18:52 AM मा प्रकाशित

laxmi  sunrise bank

एजेन्सी ।  संयुक्त राष्ट्रसंघको न्यूर्योकमा बसेको आकस्मिक बैठकमा  अमेरिकी राजदूत निक्की ह्यालेले उत्तर कोरियासंगको कूटनीतिक संवादको प्रयास विफल भएको बताएकी छन्  । निक्की ह्यालेले  अमेरिका युद्धको आकांक्षी नभएपनि उत्तर कोरिया बारम्बार युद्धका लागि उद्त देखिएको भन्दै यस्तो अवस्थामा  कुटनीतिक संवादले कुनै अर्थ नराख्ने बताएकी हुन ।  

उनले २४ वर्षदेखिको कुटनीतिक प्रयास विफल भएको बताउँदै अब अति भएको टिप्पणी गरिन । निक्कीले नेता किम जोङ उनको व्यवहार र प्रतिबन्धका बाबजुत लगातारका परमाणु हतियारको परिक्षण तथा प्रक्षेपण लगायतका गतिविधीले उत्तर कोरियाले युद्ध चाहेको स्पष्ट हुने बताइन  । उनले अमेरिकाको धैर्य असीमित नभएको प्रष्ट पार्दै उत्तर कोरियालाई सम्भव भएसम्म हदैसम्मको कारबाहीको लागि सुरक्षा परिषद समक्ष आह्वान समेत गरिन  ।

बैठकका जापानले सुरक्षा परिषदले समय खेर नफाली उत्तर कोरियालाई परमाणु गतिविधि सम्बन्धि उसको नीति परिवर्तनका लागि हदैसम्मको दबाब दिनुपर्ने बताएको छ ।  यद्यपी चीन र रुसले भने कोरियाली प्रायद्धिपमा हुने युद्धले विनासकारी अवस्था निम्त्याउने भन्दै  दुवै पक्षलाई वार्ताको लागि आह्वान गरेका छ  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved