मेक्सिकोमा शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या ५८ पुग्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 09, 2017 | 05:30:22 AM मा प्रकाशित

laxmi  sunrise bank

एजेन्सी । मेक्सिकोमा शुक्रबार गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ५८ पुगेको छ । मेक्सिकोको दक्षिणी तटीय क्षेत्र केन्द्रविन्दु भएर ८ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो

 । भूकम्पका कारण कम्तिमा दुई सयजना घाइते भएको अन्तराष्ट्रिय समााचार एजेनसीले जनाएको छ । भूकम्पका कारण ताबास्को, ओआखाका र चीयापास राज्यमा बढी प्रभाव परेको छ । यी राज्यमा उद्धार तथा राहतको काम तीब्र रुपमा भइरहेको  छ । भूकम्पले भत्किएका भवनमा मानिस फसेको हुन सक्ने अनुमानमा त्यस्ता क्षेत्रमा खोजी तथा उद्धारको कामलाई प्राथमिकता दिइएको छ । मेक्सिकोमा गएको यो शताब्दीकै ठूलो भूकम्प हो ।

भूकम्पका कारण ज्यान गुमाउनेमा धेरै ओआखाकाका छन् । त्यहाँ ४५ जनाको ज्यान गएको मेक्सिकोको राष्ट्रिय आपतकालिन कमिटिले जनाएको छ । यस्तै चीयापासमा १० तथा ताबास्कोमा तीनजनाको शव भेटिएको कमिटिले जनाएको छ । भूकम्पका कारण ओआदाकाको हुचितान शहर बढी प्रभावित भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved