उत्तर कोरियामाथि नयाँ प्रतिबन्धमा चीन र रुसले पनि गरे सहमती

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 12, 2017 | 04:45:05 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । उत्तरकोरिया माथि प्रतिबन्ध लाग्ने भएको छ । उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्ताव संयुक्त राष्ट्रसंघले पारित गरेपछि अब प्रतिबन्ध लाग्ने भएको हो । गएको हप्ता गरेको छैटौं तथा अहिलेसम्मकै ठूलो परमाणु परीक्षणपछि उत्तर कोरियामाथि नयाँ कडा प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्तावमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल भएको थियो । 


उत्तर कोरियामाथि प्रतिबन्ध लगाउन अमेरिकाले प्रस्ताव राखेको थियो । तर यो प्रस्ताव सुरुमा चीन र रुसले सहमति जनाएका थिएनन् । अन्ततः चीन र रुसले पनि प्रतिबन्ध प्रस्तावको पक्षमा भोट दिएपछि उत्तर कोरियामाथि प्रतिबन्ध थप कडा पार्ने सम्बन्धी प्रस्ताव १५–० ले पारित भएको हो । 


नयाँ प्रतिबन्ध अनुसार अब उत्तर कोरियाबाट कोइला, लिड तथा सि फुड निर्यात बन्द गरिने छ । गएको हप्ता प्रस्ताव गरिएको प्रतिबन्ध प्रस्तावका केही कडा प्रावधान हटाएपछि त्यसमा सहमति जुटेको हो । सुरुमा उत्तर कोरियामा इन्धन ९तेल० पठाउन बन्द गर्ने तथा नेता किम जोङ–उनको सम्पत्ति फ्रिज गर्ने प्रस्ताव गरिएको थियो । तर चीन र रुसको आपत्तिपछि यसलाई हटाइएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved