राष्ट्र संघमा रोहिंज्याबारे छलफल हुने, म्यानमारकी नेतृ सू ची महा सभा मै नजाने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 13, 2017 | 11:09:48 AM मा प्रकाशित

laxmi  sunrise bank

म्यानमारकी नेतृ आङ सान सू ची न्यू योर्कमा हुन लागेको संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने उनका एकजना प्रवक्ताले बताएका छन्।


म्यानमारमा तीन लाख भन्दा बढी रोहिंज्याहरु देश छोडेर भाग्नुपर्ने गरी ठूलो हिंसा मच्चिइरहेका बेला सू चीको यो निर्णय आएको छ। सू चीले हिंसा विरुद्ध बोल्न नसकेको आरोप पश्चिममा रहेका उनका समर्थकहरुबाट बेहोरिरहेकी छन्। आलोचकहरुले सू चीलाई दिइएको नोबेल शान्ति पुरस्कार फिर्ता लिइनुपर्ने बताइरहेका छन्।

सू ची आलोचनाबाट नडराएको तर उनीसँग शायद अरु नै महत्वपूर्ण काम रहेको उनका प्रवक्ताले बताए। उनले विस्तृत विवरण दिएनन्।

सू चीले गत वर्ष राष्ट्र संघलाई सम्बोधन गरेकी थिइन्।

राष्ट्र संघले म्यानमार सरकारले रखाइन राज्यमा जातीय सफाया गरिरहेको आरोप लगाएको छ।

तर राष्ट्र संघका लागि म्यानमारका राजदूतले रखाइन राज्यको हिंसाका लागि रोहिंज्या विद्रोहीहरु जिम्मेवार रहेको आरोप लगाएका छन्।

बौद्धमार्गी बहुल रखाइन राज्यमा रहेका राज्य बिहीन रोहिंज्या मुस्लिमहरुले लामो समयदेखि समस्या भोग्दै आएका छन्।

म्यानमारले रोहिंज्याहरुलाई गैर कानुनी आप्रवासी भन्छ।

बुधबार बस्ने राष्ट्र संघीय सुरक्षा परिषदको बैठकमा रोहिंज्याबारे छलफल हुने बताइएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved