आत्महत्याको बाटो रोज्दै छन उत्तर कोरियाका रकेट म्यान : डोनाल्ड ट्रंप

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 19, 2017 | 07:49:08 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंपले मंगलबार पहिलो पटक संयुक्त राष्ट्र महासभामाको अधिवेशनलाई सम्बोधन गरेका छन। उनले विश्वका नेताहरुलाई परमाणु सक्षम अस्थिर देशबाट हुन सक्ने खतरा प्रति सचेत गराउदै कुनै धम्कि दिएको अवस्थामा उत्तर कोरियालाई 'पूर्ण रुपमा नष्ट' गराउन अमेरिका बाध्य हुने बताए। 

ट्रंपले भने,'यदि अमेरिकालाई धम्कि दिइयो भने हामिसंग उत्तर कोरियालाई पूर्ण रुपमा नष्ट गर्नु बाहेकको अर्को बिकल्प रहनेछैन' उत्तर कोरियाका शिर्ष नेता किम जोम किंगलाई उनले भने,'रकेट म्यान आफ्नो र आफ्नो देशको लागि आत्महत्याको मिशनमा छ।' 

अमेरिकाका राष्ट्रपति ट्रंपले संयुक्त राष्ट्रमा उत्तर कोरिया बिरुद्द उत्रिन गरेको प्रस्ताबको समर्थनका लागि चीन र रुसलाई धन्यबाद दिए तर ट्रंपले यो भन्दा पनि बढी गर्नु पर्ने आवश्यकता रहेको औल्याए। 

ट्रंपले संयुक्त राष्ट्र बजेटमा अमेरिकाको योगदानमा कटौतीको संकेत दिदै भने, 'अमेरिकाबाट अब थप फाइदा उठाउन सकिनेछैन, हामी एकतर्फी सम्झौतामा छौं, यहाँबाट अमेरिकालाई कुनै फाइदा मिलेको छैन।' 

उनले भने,'मलाई शक्ति आफ्नो साथ राख्नका लागि होइन, बरु अमेरिकी नागरिकलाई शक्तिशाली बनाउन चुनिएको हो, राष्ट्रपतिको रुपमा जहिले अमेरिकालाई अगाडी राख्नेछु, त्यसै गरी तपाईहरुले पनि आफ्नो देशलाई सबै भन्दा अगाडी राख्नु पर्छ, मानिसहरुको जिन्दगि सुधारका लागि राष्ट्र राज्य आज पनि सबै भन्दा उचित प्रक्रिया हो।' 

राष्ट्रपति ट्रंपले युक्रेनदेखि लिएर दक्षिण चीन सागरसम्मबाट आफुनो सार्वभौममा भविष्यमा आउन सक्ने चुनौतीलाई बहिष्कार गर्नु पर्ने धारणा राखे। त्यस्तै सिरियामा जारी तनाबको अवस्थालाई समाधान गर्न चाहेको ट्रंपले बताए। तर ट्रंपले आफ्नो सम्बोधनमा बर्माका रोहिन्ग्या मुस्लिम समुदाय माथि भएको ज्यादतीबारे केहि टिप्पणी गरेनन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved