मेक्सीकोमा शक्तिशाली भूकम्प

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 20, 2017 | 04:19:43 AM मा प्रकाशित

laxmi  sunrise bank

एजेन्सी । मेक्सिकोको पोएब्ला राज्य केन्द्रविन्दु भएर ७ दशमलव १ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण  एक सय भन्दा बढी मानिसको ज्यान गएको छ ।  भूकम्पका कारण मोरेलोस, पोएब्ला र मेक्सिको सिटीमा बढी क्षति पुर्‍याएको छ । अहिले उद्धार तथा राहतको काम भइरहेको छ ।

भूकम्पका कारण धेरै भवन भत्किएको र भत्किएका भवनमा मानिस फसेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् । मेक्सिको सिटीको विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ भने भवनहरु खाली गरिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved