सेक्स भिडियोले सनसनी मच्चिएपछि मन्त्री पद चट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 01, 2016 | 09:29:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ दिल्लीका एक मन्त्रीको सेक्स भिडियोले सनसनी मच्चिएपछि मन्त्री पद नै खुस्किएको छ ।

दिल्ली सरकारका क्याबिनेट मन्त्री सन्दीप कुमार सेक्स टेपमा देखिएको हुन् । यसलगतै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बुधबार अबेर राति महिला तथा बालबालिका कल्याण मन्त्री कुमारलाई मन्त्रिमण्डलबाट हटाएको घोषणा गरेका छन् । 

मुख्यमन्त्री केजरीवालले आफुलाई प्राप्त सिडीमा सन्दीप कुमार दुई महिलाको साथमा आपत्तिजनक अवस्थामा देखिएको बताएका छन् ।

‘आम आदमी पार्टी सिद्धान्त भ्रष्टाचार, कुनै किसिमको अपराध वा चरित्रमा लागेको दाग नसहने हो । पञ्जाबका संयोजकले पैसा लिएको खबर आएपनि उनलाई हटाइयो । हाम्रो पार्टीले शून्य सहनशीलताको नीतिमा काम गर्छ ।’ दिल्लीका उप मुख्यमन्त्री मनीष सिसोदियाले भनेका छन् ।

घटनाको दिल्लीको प्रमुख विपक्षी दल भारतीय जनता पार्टी भाजपाले आलोचना गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved