'रोहिन्ग्या आतंकबादी होइनन, न त भारतको सुरक्षाका लागि खतरा '

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 21, 2017 | 09:12:11 PM मा प्रकाशित

laxmi  sunrise bank

म्यानमारबाट भगाईएका २३ बर्षिय मोहम्मद इमरान जो बंगलादेशको कोज बजार स्थित शरणार्थी सिभिरमा हुर्के। आफ्नो परिवारको पालन पोषणको लागि मलेसिया पुगेका इमरान अल्पसंख्यक रोहिन्ग्या मुस्लिम समुदाय प्रति भारतको ब्यवहारबाट विच्छेदित छन। 

'रोहिन्ग्याका अल्पसंख्यक मुस्लिम समुदाय भारतको सुरक्षाका लागि चुनौती' भन्ने शिर्षकमा समाचार पढ्नुपर्दा आफु विच्छेदित भएको उनि  बताउछन। 'भारतको प्रतिक्रियाबारे मैले पत्रिकामा पढे, भारतीय सरकार रोहिन्ग्याहरुलाई त्यहि फिर्ता गराउन चाहन्छ, जहाँ उनीहरुको हत्या हुने निश्चित छ' दुई महिना अघि मात्र राम्रो जीवनको खोजिमा बंगलादेशबाट मलेसिया पुगेका इमरान भन्छन।

केही आता अघि मात्र भारतले त्यहाँको सर्वोच्च अदालतलाई भारत आइपुगेका ४० हजार रोहिन्ग्याली मुस्लिमका कारण सुरक्षा चुनौती बढेको भन्दै उनीहरुलाई फिर्ता पठाउनु पर्ने जानकारी गराएको थियो। भारतको यस प्रतिक्रियाले नयाँ दिल्ली प्रति झिनो आशा लिएर भारत आइपुगेका रोहिन्ग्यालाई पिडा माथि झन् पिडा थपिदिएको छ। 

'रोहिन्ग्या मुस्लिमहरुमा समर्थन जनाएर यस क्षेत्रमा अप्ठ्यारो आइलाग्दा भारतले जिम्मेवारी भूमिका निर्वाह गर्छ भन्ने उदाहरण प्रस्तुत गर्ने यो राम्रो अवसर हो' इमरान भन्छन।        

'भारतले रोहिन्ग्या मुस्लिमलाई फिर्ता गर्नु हुँदैन, सहयोगबिहिन बनेका रोहिन्ग्या मुस्लिमले आफ्नो घर सम्झेर जानलाई जाने कुनै ठाउँ छैन।  उनीहरु आतंककारी होइनन, उनीहरु मात्र शान्तिपूर्ण जिउन चाहन्छन। भारत हाम्रो साथि हो भनेर म सधैं भारत जान चाहन्छु, तर रोहिन्ग्या मुस्लिम प्रति भारतको यस प्रकारको बुझाई र अडानले म क्षत बिच्छेद भएको छु' उनले थपे।    

इमरान भन्छन, उनका दुई बिबाहित दिदिहरु अहिले पनि बंगलादेशको कोज बजारको शरणार्थी शिभिरमा छन। आफ्नो बिगत सम्झदै उनि भन्छन। 'म दुई बर्षको थिए, जब मेरा बुवा आमा र परिवारलाई राखिने राज्यको राजधानी म्यान्मारबाट जबर्जस्ति लखेटियो। त्यसयताका दिन देखि मेरो परिवार बंगलादेशको कुटोपलोंग शरणार्थी शिबिरमा बस्दै आएका छौं' उनि अघि थप्छन 'जीवन दुर्व्यवहार रहेछ'

समुन्द्री बाटो हुँदै मलेसिया आइपुग्न मैले एजेन्टलाई २००० अमेरिकी डलर तिरेको छु, इमरानले भने। 'शरणार्थी शिबिरमा जीवन निकै चुनौतिपूर्ण छ, न सामाजिक सुरक्षा छ, न न्युनतम जीवनको स्तर छ।'  

उनी बंगलादेश स्थित शरणार्थी सिभिरका नेता थिए। त्यहाँ उनले केहि बर्षसम्म कयौं बंगलादेशी तथा बिदेशी फोटोपत्रकार, लेखक, एम्बेसडर, शोधकर्ता तथा उच्च ओहोदाका ब्यक्तीहरुलाई सहयोग गरे। 

'हामी एक खुला जेलमा जीवन बाचीरहेका छौं। हामिसंग न कुनै पहिचान छ, न त जीवन जिउने कुनै आधार। हामी मात्र शरणार्थी हौँ जसको न कुनै घर छ न देश।' इमरान आफ्नो ब्यथा सुनाउछन। 

इमरान अहिले मलेसियामा विभिन्न देशका अन्तराष्ट्रिय संघसंस्थाहरुसंग रोहिन्ग्या मुस्लिम बिरुद्द भएको अन्यायबारे जानकारी गराईरहेका छन। त्यहाँ उनको उदेश्य भनेको राम्रो जीवन मात्र नभई बिश्व समुदायलाई रोहिन्ग्या मुस्लिम बिरुद्द भएको अन्याय अत्याचार बारे जानकारी गराउनु पनि हो। 

जब पुस्तौं देखि रोहिन्ग्या मुस्लिमहरु म्यानमारमा बस्दै आएका छन भने म्यानमार सरकारले रोहिन्ग्यालाई बाहिरबाट आएको समुदायको रुपमा किन लिन्छ भन्ने प्रश्न इमरानका लागि सामान्य भईसकेको छ। इमरानलाई भेट्ने १० मध्य १ जनाले यस्तो प्रश्न गर्ने गरेको उनि सुनाउछन। 

'मलाई थाहा छैन किन म्यानमार हामीलाई बंगलादेशबाट आएको या बाहिरबाट सोच्छ। यदी हामीसंग बंगलादेशबाट आएका हौँ भने बंगलादेशमा हाम्रा पुर्खज र आफन्त किन छैनन। मेरो बुवा, मेरो हजुरबुवा, मेरो जिजुबुवा , हाम्रा पुर्खाहरु म्यान्मारमा नै जन्मिए र यहि हुर्के बढे। राखिनेको परिस्थति यदि खराब छ की यहाँ बाँच्न असम्भव भईसकेको छ। राखिनेका सबै मेरा आफन्तहरुलाई अहिले जबर्जस्ती बंगलादेशको शरणमा धकेलीएको छ।' इमरान भन्छन।     

म्यानमारले बिश्व समुदायलाई अहिलेको 'संकट' आन्तरिक मुद्दा भएको बताउदै आएको छ। 'के मान्छेलाई मार्नु र तिनीहरुको घर जलाउनु आन्तरिक मुद्दा हुन सक्छ ?' इमरान सोध्छन।      

रोहिन्ग्या, राज्य बिहिन प्राय मुस्लिम अल्पसंख्यकहरुले लामो समयदेखि बहुसंख्यक बुद्दिष्ट राखिनेबाट सताईदै आएका छ। बुद्दिष्ट राखिनेहरुले अल्पसंख्यक मुस्लिम समुदायलाई अबैध आप्रवासी भन्दै लामो समयदेखि दुख दिदै आएका छन।

म्यानमार आर्मीले रोहिन्ग्या मुस्लिमहरुलाई जिउंदै जलाउने, बलात्कार गर्ने, मार्ने गर्दै आएको अधिकार समूहहरूको दाबी छ। तर म्यानमारका आर्मीहरु भने अधिकार समूहहरुको यो दाबीलाई झुटो भन्दै आएका छन्। म्यानमार आर्मीले आफुहरुले प्रतिक्रिया मात्र दिएको तर अधिकार समुहहरुले भने जस्तै यहाँका नागरिकहरु बिरुद्द कुनै अन्याय नगरेको बताउदै आएको छ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved