‘उत्तर कोरियाली ‘पागल’ नेताको यसअघि कहिल्यै नभएको परीक्षण हुने’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 23, 2017 | 04:36:45 AM मा प्रकाशित

laxmi  sunrise bank

एजेन्सी /.अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनको परीक्षण हुने बताएका छन  । 

अमेरिकी राष्ट्रपतिले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा दुई दिन पहिले उत्तर कोरियाली गतिविधिलाई लिएर चासो व्यक्त गर्दै अमेरिकाका लागि मात्र नभै सबै सहयोगी देशको सुरक्षार्थ वासिङ्टनले कुनै कसर बाँकी नराख्ने बताए । 

तर उत्तर कोरियाली राष्ट्रपति किमले उक्त वक्तव्यको खण्डन गर्दै अमेरिकी राष्ट्रपतिप्रति लक्षित गर्दै ‘कुकुर भुक्दै गर्छन्’ तर क्षेप्यास्त्र कार्यक्रम नरोकिने चेतावनी दिएका थिए । 

यसैको प्रतिक्रियास्वरुप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार फेरि  नेता किम जोङ–उन साँच्चै ‘पागल’ भएको र उनलाई आफ्ना जनता भोकमरीमा परेको वा मरेको कुरामा चिन्ता नभएको बताए  । उनको यस अघि कहिल्यै नभएको परीक्षण हुनेछ । 

राष्ट्रसंघमा विश्व समुदायले किम र कोरियाको हतियार मोहलाई आलोचना गरिरहेका समय शुक्रबार प्योङ्याङले अर्को हाइड्रोजन बम परीक्षणको धम्की दिएको छ । रासस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved