ट्रंपले जारी गरे नयाँ यात्रा प्रतिबन्ध, थप ३ देशका नागारिकलाई अमेरिका प्रवेशमा रोक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 25, 2017 | 08:31:58 AM मा प्रकाशित

laxmi  sunrise bank संयुक्त राज्य अमेरिकाले उसको विवादास्पद यात्रा प्रतिबन्ध विस्तार गर्दै उत्तर कोरिया, भेनेजुएला र चाडका नागरिकहरुलाई अमेरिका आउनमा कडाइ गरेको छ। ह्वाइट हाउसले नयाँ प्रतिबन्ध विदेशी सरकारले उपलब्ध गराएका सूचनाका आधारमा समीक्षा गरेपछि लगाइएको बताएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपतीय घोषणा आइतबार ढिलोगरी जारी गरेका हुन्।उनले भने, "अमेरिका सुरक्षित बनाउनु मेरो पहिलो प्राथमिकता हो। जो सुरक्षित लाग्दैनन् उनीहरुलाई हामी आउन दिँदैनौं।"

भेनेजुएलाका लागि लगाइएको प्रतिबन्ध सरकारी एजेन्सीमा काम गर्ने अधिकारीरुहरु र तिनका परिवार लक्षित रहेको छ।

राष्ट्रपति ट्रम्पले यस अघि प्रतिबन्ध लगाएका छ मुस्लिम मुलुकमध्ये सुडानमाथिको प्रतिबन्ध फुकुवा गरिएको छ।

यात्रा प्रतिबन्ध लगाइएका अरु मुलुकहरु इरान, लिबिया, सिरिया, सोमालिया र यमन हुन् जसलाई 'मुस्लिम प्रतिबन्ध'को रुपमा लिइएको थियो।

तर उत्तर कोरिया र भेनेजुएला थपिएपछि अब यात्रा प्रतिबन्ध लगाएका सबै मुलुकहरु मुस्लिम बहुल रहेनन्।

प्रतिबन्ध १८ अक्टोबरदेखि कार्यान्वयनमा आउने र अहिले प्रवेशाज्ञा पाइसकेकाहरुमा लागु नहुने ह्वाइट हाउसले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved