५ बर्षको जेल सजाय पाएकी फरार थाई पूर्व प्रधानमन्त्री सिनावात्रा दुबईमा लुकेको खुलासा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 29, 2017 | 08:30:30 AM मा प्रकाशित

laxmi  sunrise bank

थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रा हाल दुबईमा रहनुभएको समाचार छ । सो समाचारको बिहीबार थाई प्रधानमन्त्री प्रयुत चान ओचाबाट पुष्टी भएको हो ।

उनले बिहीबार थाई विदेशमन्त्रालयको हवला दिँदै सो समाचारको खुलासा गरेका हुन। उनले भने– हाम्रो विदेश मन्त्रालयले दिएको प्रारम्भिक जानकारीअनुसार उनि हाल संयुक्त अरब इमिरेट्सको दुबई सहरमा लुकेर बसेकी छिन।

उनलाई यसअघि नै थाइल्याण्डको सर्वाेच्च अदालतले अदालतमा उपस्थित हुन आदेश दिएको थियो । तर उनि अदालतमा हाजिर नभई दुबई भागेको बताइएको थियो ।

उनि अदालतमा हाजिर हुन नमानेपछि गत महिना पुनः थाई सर्वाेच्च अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सो पक्राउ पुर्जीको अवज्ञा गरेर उनि गत महिना देश छोडेर भागेको समाचार आएको थियो ।

गत महिना देश छोडेकी उनि हाल दुबईमा रहेको जानकारी गराइएको हो । यो समाचार बिहीबार पहिलो पटक थाई प्रधानमन्त्रीले सार्वजनिक गरेका हुन।

पूर्वप्रधानमन्त्री शिनावात्रालाई भ्रष्टाचारको आरोपमा थाइल्याण्डको सर्वोच्च अदालतले बुधबार मात्र पाँच वर्षको जेल सजाय सुनाएको थियो ।अदालतको उक्त फैसला लामो समयको सुनुवाईपछि आएको थियो । अदालतले सो फैसला सुनाउदा उनि अनुपस्थित थिइन।

चामल अनुदानसम्बन्धी एक आयोजनामा शिनावात्राले भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ । सन् २०१४ देखि सो विषयमा अदालती प्रक्रियाबमोजिम नै अनुसन्धान भइरहेको थियो ।

यस अनियमितताबाट कम्तीमा पनि आठ अर्ब अमेरिकी डलर बराबरको रकम अपलचन भएको अदालतको ठहर छ । त्यस बापत थाइल्याण्डले सो रकमको हानी ब्यहोर्नु परेको बताइएको छ ।

उनि सन् २०११ मा थाइल्याण्डको प्रधानमन्त्री बनेकी थिइन। सन् २०११ मा भएको आम चुनावमा यिङलकको पू थाई दल अत्यधिक मतका साथ विजयी भएको थियो ।

तर उनको सरकारलाई सन् २०१४ मा थाई सेनाले सत्तापलट गरेर हटाएको थियो । तर त्यस अगावै उनलाई त्यहाँको संवैधानिक अदालतले अख्तियारको दुरूपयोग गरेको आरोपमा पदबाट हटाएको थियो । रासस/सिन्ह्वा

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved