स्याङ्गजामा जन्मेका बालकृष्ण बने भारतको ८ औ धनी व्यक्ति, जीएसटि र नोटबंदीले बढायो कमाई

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 29, 2017 | 05:24:43 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँको अनुसन्धान संस्था हुरनले सार्वजनिक गरेको भारतका धनीहरुको सूचिमा स्याङ्गजामा जन्मेका बालकृष्ण आठौँ नम्बरमा छन। योगगुरु बाबा रामदेवका सहयात्री बालकृष्ण हुरनले यस अघि सार्वजनिक गरेको सुचिमा २५ औ स्थानमा थिए। 

यस बर्स बालकृष्णको सम्पति १७३ प्रतिशतले बढेर १ खर्ब १२ अर्ब भारतीय रुपैयाँ पुगेको छ। भारतमा यस बर्ष भएको नोटबन्दि र जीएसटिका कारण बालकृष्णको सम्पतीमा उल्लेख्य प्रगति भएको हुरनको भनाई छ। हुरनका अनुसार नोटबन्दिले संगठित क्षेत्रहरुमा सकारात्मक प्रभाब पारेको छ ।

४४ बर्षिय बालकृष्ण मार्चमा 'फोब्स' पत्रिकाको बिश्व भरका अरबपतिको सुचिमा ८१४ स्थानमा थिए। बिश्वभरका २ हजार ४३ अर्बपतीको सुचिमा उनि ८१४ स्थानमा परेका हुन्। 

पतंजलि

पछिल्लो बर्ष बालकृष्ण 'फोब्स' पत्रिकाको बार्षिक सुचीमा भारतको १०० धनी व्यक्तिको सुचीमा २.५ अर्ब डलर सम्पतीको साथमा ४८ नम्बरमा थिए।      पछिल्लो बर्ष पतंजलीको कारोबार १० हजार ५६१ करोड रुपैयाँ थियो। अन्तर्राष्ट्रिय लगानीका कम्पनीहरुलाई चुनौती दिइरहेको पतंजली भारतमा तिब्र रुपमा प्रगती गरेको कम्पनीमा दहरिएको छ। एमएमसिजी कम्पनीहरुको मामिलामा भारतमा पतंजली युनिलिभर पछी दोस्रो ठुलो कम्पनी हो। त्यसो त पतंजलीले छिट्टै भारतमा आफु पहिलो स्थानमा पर्ने दाबी गरेको छ।  

बालकृष्ण रातारात अर्ब पति नभएको योगगुरु बाबा रामदेव बताउदै आएका छन। अरबपति भएपनि बालकृष्णको जिबन निकै साधारण रहेको छ। मिडियाहरुमा आएको रिपोर्टका अनुसार पतंजली आयुर्वेदमा ९४ प्रतिशत हिस्सा बालकृष्णको छ तर पनि उनले कम्पनीबाट कुनै तलब र सुविधा समेत लिंदैनन।

बालकृष्णको जन्म २०२९ सालमा नेपालको स्याङ्जामा भएको हो। बालकृष्ण अहिले भारतीय नागरिक हुन् । उनको नागरिकता सम्बन्धी विवाद बेलाबेलामा उठ्ने गर्छ । उनले हरियाणाको एक गुरुकुलमा योग गुरु रामदेबको साथमा अध्ययन गरेका थिए। १९९५ मा दुवै मिलेर दिब्य फार्मेसी को स्थापना गरे। २००६ मा यिनीहरुले 'पतंजली आयुर्बेद' को स्थापना गरे। 

आजको समयमा पतंजली स्याम्पुदेखि लिएर खाद्यान्न र साबुनदेखि लिएर हरेक चिजको बिक्रि गर्छ। बालकृष्ण एक सामान्य जिन्दगी जिउँछन तर पतंजली आयुर्वेदको महत्त्वपूर्ण कामहरुको जिम्मेवारी उनको काँधमा छ।

बालकृष्ण पतंजली योगपिठ ट्रस्टका महासचिव पनि हुन। जो करिब पांच हजार पतंजली क्लिनिक हेर्छन र एक लाख भन्दा बढी योग कक्षाहरु संचालन गर्छन। 

उनि पतंजली बिश्वविद्यालयका कुलपती समेत हुन। जसको योजना जडिबुटीमा आधारित औषधिको शिक्षा बिस्तार गर्नु रहेको छ। उनि पतंजली योगपिठको मुख्यालयको मुख्य भवनमा बनेको अस्पतालको पहिलो तलामा अवस्थित साधारण भवनबाट आफ्नो काम गर्छन। 

उनको कोठाको वातावरण बाबा रामदेवको तस्विर, एक बौद्द् पेन्टिङ, केहि किताबले आध्यात्मिक बनाइदिएको छ। बालकृष्णको कोठामा न कुनै कम्युटर छ न कुई ल्यापटप। उनले आफुसंग यस प्रकारका कुनै पनि सामान नभएको दाबि गर्दै आएका छन।  

बालकृष्ण

हुरुनका अनुसार पहिलो भारतीय धनी व्यक्तिमा मुकेश अम्बानी रहेका छन् । यस्तै दोस्रोमा दोस्रोमा दिलीप सांघवी, तेस्रो एलएन मित्तल, चौथो शिव नादर, पाँचौं अजिम प्रेमजी, छैठौं साइरस एस पुनावाला, सातौं गौतम अडाणी, आठौं बालकृष्ण आचार्य, नवौं उदय कोटक र दसौंमा सुनील मित्तल छन्।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved