५ एशियाई देशहरुको भ्रमण गर्दै डोनाल्ड ट्रंप, उत्तर कोरियामा दबाब बढाउने तयारीमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 29, 2017 | 06:23:02 PM मा प्रकाशित

laxmi  sunrise bank

डोनाल्ड ट्रंपले कात्तिक सुरुवातमा एसियाली राष्ट्रको भ्रमणमा निस्किने भएका छन। ट्रंपले आगामी नोभेम्बर महिनामा एसियाका पांच राष्ट्रमा भ्रमण गर्ने व्हाइट हाउसले बताएको बिबिसीले जनाएको छ।    

भ्रमणका क्रममा ट्रंपले कयौं उच्चस्तरीय वार्ता तथा छलफलमा सामेल हुनेछन। ट्रंपले जापान, चीन, दक्षिण कोरिया, भियतनाम, फिलिपिन्स र अमेरिकी क्षेत्र हवाईको भ्रमण गर्ने बताइएको छ। ट्रंपले ११ दिने लामो भ्रमण गर्नेछन। 

व्हाइट हाउसका अनुसार ट्रंपले भ्रमणको समयमा उत्तर कोरियाका कारण जारि अवरोधमा अन्तर्राष्ट्रिय समाधानको खोजि गर्नेछन। उत्तर कोरियाले हालै मात्र आफ्नो क्षेत्रमा रहेका अमेरिकी बिमानहरुलाई खसाल्ने चेतावनी दिएको थियो।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved