न्युजिल्याण्डमा शक्तिशाली भूकम्प

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 02, 2016 | 12:09:09 PM मा प्रकाशित

laxmi  sunrise bank

न्युजिल्याण्डमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ ।  स्थानीय समयअनुसार शुक्रबार बिहान ४ बजेर ३७ मिनेट  ग्रिस्बोनबाट १०५ माइल उत्तरी पूर्व रहेर ७.१ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको हो  ।  

भूकम्पलगत्तै प्रशासनले  स्थानीयलाई घर छाडेर सुरक्षित स्थानमा जान उर्दी जारी गरिएको छ । स्थानीय अधिकारीहरुले भूकम्पपछि सानो सुनामीसमेत आएको बताएका छन् । प्रभावित क्षेत्रका मानिसहरुलाई फेरि पनि भूकम्प तथा सुनामी आउन सक्ने भन्दै उच्च भूभागका जान आग्रह गरिएको छ  । 

 यसअघि सन् २०११ मा न्यूजिल्याण्डको दक्षिणी आईल्याण्डमा ६.३ म्याग्निच्यूडको भूकम्प जाँदा १८५ जनाको मृत्यु भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved