के हो नोबेल पुरस्कार दिलाउने जैविक घडी ? 'रोगको कारण जैविक घडीको असन्तुलन'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 05, 2017 | 08:10:02 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाका तीन बैज्ञानिक जेफ्री सी हाल, माइकल रोसबास र माइकल डेब्यु यगलाई यस बर्षको चिकित्सा तर्फको नोबल पुरस्कारका लागि छनौट गरिएको छ। शरीरको जैविक घडी अर्थात् बडी क्लिकले कसरी काम गर्दछ भन्ने रहस्यको खोजि गरेबापत यी बैज्ञानिकहरुलाई नोबेल पुरस्कार पाएका दिइएको हो। 

यी बैज्ञानिकहरुले शरीर भित्रको घडीको (जैविक घडी) रहस्यलाई समाधान गरेका छन। शरीरको दिनभरको दैनिकीलाई नियन्त्रण गर्ने काम यो जैविक घडीले कसरि नियन्त्रण गर्छ ? शरीरका क्रियाकलाप तथा व्यवहारमा आउने धेरै परिवर्तनलाई कसरि व्यवस्थापन गर्छ भन्ने बिषयको खोज गरे बापत यिनीहरुलाई नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो। 

जैविक घडीका विषयमा यी तीन वैज्ञानिकले गरेको शोधको नतिजा निकै प्रभावकारी रहेको नोबेल पुरस्कार समितिको ठहर छ। जसरि हामीले हाम्रो दैनिक कामका लागि घडीको साथ लिन्छौं त्यसै गरि हाम्रो शरीरले गर्ने बिभिन्न क्रियाकलापलाई यस जैविक घडीले नियन्त्रण गर्ने यी बैज्ञानिकहरुको खोजले देखाएको छ। 

जैविक घडीको रहस्य 

मानव शरीर भित्रको जैविक घडीको बिषयमा कयौं बर्षदेखि खोज अनुसन्धान जारि थियो। अन्तत: अमेरिकाका तीन बैज्ञानिकले यसको रहस्य बाहिर ल्याएका छन। यिनीहरुको खोजले पृथ्वीको परिक्रमा अनुसार रुख बिरुवा, जनावर र मानिस कसरि आफ्नो आन्तरिक जैविक घडीका अनुसार आफुलाई समायोजन गर्छन भन्ने बिषय पत्त्ता लगाएको छ।

के हो जैविक घडी 

जसरी हामि घडी अर्थात समय तालिका अनुसार आफ्ना दैनिक क्रियाकलाप गर्छौं त्यसै गरि हाम्रो शरीरले पनि एक आन्तरिक घडीका अनुरुप काम गर्ने बैज्ञानिकको खोजबाट पत्ता लागेको छ।


जैविक घडी एक अनौठो कोशीकाको सानो समुह हो। जसलाई जिन पन्नी भन्ने गरिन्छ। यो कोशीकाहरु अलग अलग समयमा सक्रिय हुन्छन। साथमा शरीरका विभिन्न भागलाई निर्देशन समेत गर्छन। 

जस्तो कहिले उठ्ने हो, कहिले सुत्ने हो, कहिले काम गर्ने हो, कहिले काम नगर्ने हो भन्ने कुरा यस जैविक घडीले निर्धारण गर्ने गर्छ। यो हाम्रो पुरै शरीरको जैविक घडीका साथ साथै शरीरका विभिन्न अलग अलग भागहरुमा समेत अलग अलग जैविक घडी हुन्छन। २४ घण्टाको हिसाबले हाम्रो जैविक घडी अलग अलग काम निर्धारण गर्छ।

मानिस बिरामी हुनुका कारण जैविक घडीको असन्तुलन

जैविक घडीले हाम्रो शरीरको दैनिक क्रियाकलापलाई सन्तुलन राख्छ। यदि जैविक घडीको प्रक्रियामा असन्तुलन आएको अवस्थामा मानिस विभिन्न बिरामीबाट प्रभावित हुनेगर्छ। 

जैविक घडी असन्तुलन हुँदा टाउको दुख्ने, शरीर दुख्ने, ज्वरो आउने, कमजोरी महसुस हुने, थकान लाग्ने, रिंगटा लाग्ने, बान्ता आउने, नशासंग सम्बन्धित रोग लाग्ने, डायबेटिज, उच्च रक्तचाप, न्यून रक्तचाप, अल्सर, अपाच्य, छालासंग सम्बन्धित रोगहरु लाग्ने गर्छ। साथै डिप्रेशन, तनाव जस्तो मानसिक असहजता समेत हुनसक्छ।     

छिटो उठ्ने-छिटो सुत्ने 

समयमै सुत्ने र समयमै उठ्ने गर्नु नै जैविक घडीको उचित सन्तुलनको उपाय हो। जैविक घडीलाइ सन्तुलनमा राख्नका लागि छिटो सुत्नु पर्ने र छिटो उठ्नु पर्ने बैज्ञानिकहरुले सुझाएका छन्। 

शरीर भित्रको जैविक घडीले मस्तिष्कलाई निर्देशन गर्छ। त्यसैले दिनमा उठ्ने र अँधेरोमा सुत्ने गर्नु पर्छ। कोहि मानिसहरुलाई रातको समयमा काम गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा पावर न्याप लिने अभ्यास गर्नु पर्ने हुन्छ। राम्रोसंग निद्रा नलाग्दा ड़ाईजेशनमा गडबडी देखिने र पुरै दिन खराब हुने भएकाले यसलाई बिशेष ध्यान दिनुपर्ने सुझाइएको छ।   


    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved