सपथ लिएको २ महिना मै दुर्घटना परी उपप्रधानमन्त्रीको निधन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 07, 2017 | 03:36:06 PM मा प्रकाशित

laxmi  sunrise bank

किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा परी शनिबार निधन भएको छ । एक राजमार्गमा गुडिरहेको उनको कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको किर्गिस्तानको सरकारी समाचार संस्थाले जनाएको छ । 

स्थानीय समयानुसार शनिबार विहान करिब ७.३० बजे विसकेक–कारा–बाल्टा राजमार्ग अन्तर्गत पर्ने साडोभोए गाँउमा दुर्घटना भएको समाचारमा जनाइएको छ । 

उपप्रधानमन्त्री झुमाकादिरोभ र उनका सहयोगी टोयटा ल्याण्डक्रुजरमा यात्रा गरिरहेका थिए । उनीहरु दुबै जनाको भने दुर्घटना स्थलमा मृत्यु भएको बताइएको छ । 

गाडीका चालकलाई भने दुर्घटनापछि अस्पताल लगिएको थियो । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । 

उपप्रधानमन्त्री झुमाकादिरोभ ३८ वर्षका थिए । उनी गत अगस्तमा मात्रै उपप्रधानमन्त्रीमा नियुक्त  भएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved