अमेरिकाको हवाई आक्रमणमा २५० सिरियनको मृत्यु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 09, 2017 | 04:39:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सिरियाको रक्कामा अमेरिकी नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ ।

गत चार दिनको अवधिमा उनीहरू मारिएको र अरु दर्जनौ घाइते भएको सिरियाको मानव अधिकारवादी संस्थाले सोमबार जानकारी दिएको छ । मारिने सवै सर्वसाधारण नागरिक रहेको पनि समाचारमा जनाइएको छ ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइटस’का अनुसार गत जुन देखि अहिले सम्म अमेरिकी नेतृत्वको हवाई आक्रमणमा परी एक हजार ११७ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये २६७ जना बालबालिका र १६४ जना महिला रहेको पनि उक्त संस्थाले जनाएको छ ।बेलायतमा कार्यालय रहेको यस संस्थाले स्लामिक स्टेट (आइएस) लडाकूको नियन्त्रणमा रहेको सिरियाको रक्का सहरलाई उनीहरुबाट ८५ प्रतिशत मुक्त गरिसकेको जनाएको छ । रासस/सिन्ह्वा

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved