ग्रिसद्वारा किशोर किशोरीलाई लिङ्ग परिवर्तन गर्ने गरी सुधार गरिएकोे कानून अनुमोदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 11, 2017 | 08:34:08 AM मा प्रकाशित

laxmi  sunrise bank

 ग्रीसको संसदले मङ्गलबार १५ बर्ष माथिका किशोर किशोरीलाई लिङ्ग परिवर्तन गर्ने गरी सुधार गरिएकोे कानूनलाई अनुमोदन गरेको छ । 

यस कानूनी प्रावधानप्रति ग्रीसको अर्थोडक्स चर्चले विरोध जनाएको छ । 

ग्रीसको बामपन्थी सत्ताधारी सिरिजा पार्टीले एक अर्को उदारवादी पोटामी पार्टीको सहयोगमा २८५ सदस्य रहेको संसदमा १४८ मतद्वारा लिङ्ग परिवर्तन सम्वन्धि कानूनलाई पास गरेको हो । 

सिरिजा पार्टीको राष्ट्रवादी गठवन्धन, एनेल पार्टी, का नौमध्ये एकले मात्र कानूनको समर्थन गरेको छ । 

विद्यमान् कानून अनुसार ग्रीसमा आफ्नो लैङ्गिक पहिचानका लागि लिङ्ग परिवर्तन गर्न चाहने व्यक्तिले पहिले शल्यक्रिया गर्नुपर्ने वाध्यता रहेको थियो । नयाँ कानूनले यसलाई अनिवार्य गर्ने छैन । 

प्रमुख प्रतिपक्षी दल न्यू डेमाक्रेसीले लिङ्ग परिवर्तन गर्ने कानूनलाई समर्थन जनाएको भएपनि उमेर हदलाई १८ बर्ष तोक्नु पर्ने अडान राखेको थियो । 

तेस्रो लिङ्गी नागरिकले आँफू फरक लैङ्गिक पहिचान भएकै कारण अपमानित हुनुपर्ने थियो यसलाई हामीले तोड्नु र उनीहरूको अधिकार दिनु पथ्र्यो र आज यो भएको छ, ग्रीसका प्रधानमन्त्री अलेक्सिस सिप्रासले बताए । 

आवाजविहिन तथा समुदायमा दवाइएका अल्पसङ्ख्यक नागरिकको पक्षमा सरकार थियो र अव उनीहरूले अपमानित हुनुपर्ने छैन, उनले भने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved