२ बर्षमै पाकिस्तानमा गुड्यो चिनिया रेल, 'भारतको डर'ले नेपालमा सम्झौता रोक्ने खेल हुँदै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 13, 2017 | 06:32:11 AM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानमा चीनद्वारा निर्मित मेट्रो रेल संचालनमा आएको छ। पाकिस्तान र चीनबीच सम्झौता भएको झन्डै २ बर्षमा पाकिस्तानमा चीनद्वारा निर्मित मेट्रो रेल संचालनमा आएको हो। 

पाकिस्तानको दोस्रो ठुलो शहर लाहोरमा पहिलो सेट अन्तर्गतको चीन निर्मित सबवे रेलको ८ अक्टोबर, २०१७ अर्थात असोज २२, २०७४ मा संचालनमा आएको हो।  यो पाकिस्तानको लागि यो पहिलो मेट्रो रेल हो। अघिल्लो आइतबार चीनबाट पाकिस्तानमा उक्त रेल आइपुगेको हो । हुनान प्रान्तबाट आएको उक्त रेलको पाकिस्तानमा भव्य स्वागत गरिएको थियो । 

पाकिस्तान र चीन बीच यो सम्झौता सन् २०१५ मा भएको थियो। चीन र पाकिस्तानको बीच भएको ओबीओआर सम्झौताको पहिलो योजनाको रुपमा यो रेल योजना रहेको बताइएको छ।

यस रेल व्यवसायिक रुपमा संचालनमा आए पश्चात दैनिक दुई लाख मानिसहरुले यसबाट लाभ उठाउन सक्ने प्रक्षेपण गरिएको छ। यस रेलको गति ८० किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ । चिनिया मिडियाहरुका अनुसार यस रेलले ३ घन्टाको यात्रा मात्र ४५ मिनेटमा पुरा गर्नेछ। 

सम्झौता अनुसार चीनले पहिलो चरणमा ४ रेल हस्तान्तरण गरेको छ भने बाँकी २३ रेल यहि बर्षको अन्तिम तिर हस्तान्तरण गर्नेछ। आफ्नो प्रभाव दक्षिण एसियामा विस्तार गर्न खोजिरहेको चीनको लागि यो एक महत्वपूर्ण सफलता रहेको विश्लेषकहरुले बताएका छन् ।

आफ्नो प्रभाब दक्षिण एसियामा बिस्तार गर्न आक्रामक रणनीति अख्तियार गरेको चीनले नेपालमा समेत यस्तै प्रकारको सम्झौता गरि नेपालमा मेट्रो रेल संचालन गर्न चाहन्छ तर बिगत २ बर्षदेखि यो सम्झौता प्रक्रिया नारामै सिमित भएको छ।

पुर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा चीनसँग ठोस सम्झौता र समझदारी भएको हो। त्यो बेला १५ बुंदे  संयुक्त वक्तव्यमा दूरगामी सहकार्यको मार्गचित्र समेत तयार गरिएको थियो। 

चिनियाँ टोली आउँदैपिच्छे तिनै सम्झौता र समझदारीप्रतिको प्रतिबद्धता दोहोर्‍याइन्छ । ओलीपछिका सरकार पनि प्रतिबद्धता जनाउन पछाडि हटेका छैनन् । तर, नेपाल किन ठोस प्रस्तावको तयारी गर्दैन र पठाउँदैन ? यो प्रश्न भने रोचक छ। 

ओली नेतृत्वको सरकारले सम्झौता गरेपछि केही विषयमा काम अगाडि बढेको हो तर त्यही सरकारले पनि रेलमार्गको निर्माणजस्तो महत्त्वपूर्ण विषयमा कुनै ठोस प्रस्ताव चीनलाई राखेको देखिँदैन । एसियाली पूर्वाधार विकास बैंकको सम्मेलनमा नेपाल रित्तो हात फर्किएको छ। 

त्यस यता सरकारहरूले यस सम्बन्धमा कुनै कुरा अगाडी बढाउँ सकेका छैनन। भाषण गर्ने तर गृहकार्य नगर्ने वा गराउन नसक्ने हाम्रो राष्ट्रिय चरित्रजस्तै भएको छ। नेपाल र चीनबीच रेल संजाल जोडिदा छिमेकी देश भारत रिसाउछ भन्ने दासत्व सोच बोकेका नेता र पार्टीका कारण नेपाललाई यस प्रकारको बिकासमा सधैं असफलता हात लागेको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved